एजेन्सी – ब्राजिलियन गोलरक्षक एलिसन बेकरले सुपरस्टार फरवार्ड नेयमार र रोबर्टो फिर्मिनोलाई पछि पार्दै युरोपमा खेल्ने उत्कृष्ट ब्राजिलियन खेलाडीले प्राप्त गर्ने साम्बा डे’ओर उपाधि जितेका छन् ।
लिभरपुललाई सन् २०१९ मा च्याम्पियन्स लिग, यूईएफए सुपर कप र क्लब विश्वकप जिताउन एलिसनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । ब्राजिलले कोपा अमेरिका उपाधि जित्दा पनि एलिसनको निर्णायक प्रदर्शन रहेको थियो । यस अवार्ड जित्ने एलिसन पहिलो गोलरक्षक हुन् ।
एलिसनले कुल मतको ३५.५४ प्रतिशत प्राप्त गर्दै शीर्षस्थान हासिल गरेका हुन् । दोस्रो स्थानका रोबर्टो फिर्मिनोले २३.४८ प्रतिशत मत प्राप्त गरे। पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर थियागो सिल्भा तेस्रो तथा लिभरपुलकै मिडफिल्डर फाबिन्हो चौथी स्थानमा आए ।
हालसम्म तीन पटक यस उपाधि जितका फरवार्ड नेयमार भने पाँचौ स्थानमा थन्किए । उनले ब्राजिलले घरेलु मैदानमा कोपा अमेरिका जित्दा समेत खेलेका थिएनन् । उनको पक्षमा जामा ७.५७ प्रतिशत मत परेको थियो ।
सन् २०१८ मा यस उपाधि फिर्मिनोले जितेका थिए । लिभरपुलबाट खेल्दै यस अवार्ड जित्ने एलिसन तेस्रा खेलाडी हुन् । सन् २०१६ मा फिलिपे कोउटिन्होले पनि यस अवार्ड जितेका थिए ।hamrojhelkud



