स्वास्थ्य

के कफी स्वस्थकर छ?

सिएनएन

कफी पिउनाले स्वास्थ्यमा सकारात्मकका साथसाथै नकारात्मक प्रभाव पार्ने एक अध्ययनले देखाएको छ।

२० हजार जनामा गरिएको उक्त अध्ययनले सही तरिकाबाट कफी पिउने मानिसहरू धेरै बाँच्छन् भनी उल्लेख गरेको छ।

उक्त अध्ययन प्रतिवेदनमा कफीले टाइप टु डायबिटिज,‚ कलेजोसम्बधी रोग‚ कोलोरेक्टर क्यान्सर‚, अल्जाइमर र छालाको क्यान्सरको रोकथाममा पनि सहयोग गर्ने उल्लेख छ।

तर, कफी कस्तो अवस्थामा पिउने भन्ने कुराको हेक्का राखेरमात्र पिउनुपर्छ। होइन भने यसले अनेक रोग निम्त्याउन सक्छ। यसमा कफिनको मात्रा बढी हुने भएकाले निद्रा नलाग्ने हुन्छ।

यदि गर्भवती महिलाले अत्याधिक मात्रामा कफी पिएमा गर्भपतन हुन सक्ने‚, शिशु अपरिपक्व जन्मनेलगायतका समस्या देखिने अध्ययनले देखाएको छ।

बढी मात्रामा कफिन मिश्रित पदार्थ पिउनाले मुटूको धड्कन दर औसतको भन्दा बढी हुने अमेरिकन हार्ट एशोसियसनका प्रवक्ता भिन्स बफालिनोले बताए।

‘हाइपर टेन्सन र अनियमित धड्कनको दर पनि कफिनका कारणले वृद्धि हुन्छ। यदि मानिस स्वस्थ छ भने दैनिक २ कपसम्म कफि पिउनु नराम्रो होइन तर यदि आफ्नो अवस्था प्रतिकूल छ भने कफिन पदार्थबाट बनाइएका कुनैपनि कुराको सेवन नगर्नु नै उचित हुन्छ‚’ डिक्याफिनेटेढ कफीमा पनि कफिन पदार्थ हुने भन्दै बफालिनोले भने‚ ‘यदि तपाईं दैनिक ३ कप डिक्याफिनेटेड कफी पिउनुहुन्छ भने मैले यसलाई पनि रोक्ने सल्लाह दिन्छु।’

अत्याधिक कफी पिउनाले यसमा रहेको कफिन पदार्थका कारण पिशाबमा पाइने क्याल्सियमलाई घटाउन मद्दत गर्छ।’पर्डि युनिभर्सिटीका न्युट्रिसन साइन्सका प्रोफेसर कोनी वेभरले जानकारी दिए।swsthyakhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button