मूल खबर

मुख्यमन्त्रीको नेतृत्वमा सीएए र एनआरसी विरुद्ध सिलगढीमा महाऱ्याली

मुख्यमन्त्रीको नेतृत्वमा सीएए र एनआरसी विरुद्ध सिलगढीमा महाऱ्याली

सिलगढी : सीएए अनि एनआरसी विरुद्ध आज राज्यकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेस सुप्रिमो ममता ब्यानर्जीले सिलगढीमा निकालिइएको महाऱ्यालीको नेतृत्व गरिन्। यसभन्दा अघि मल्लागढ़ीमा आयोजित सभामा आफ्नो वक्तव्य राख्दै मुख्यमन्त्रीले सबैलाई नयाँ वर्षको शुभकामना दिनको साथै मुख्यमन्त्रीले केन्द्र सरकारको भूमिका माथि क्षोभ प्रकट गरिन्। भाजपा विरूद्ध कटाक्ष कस्दै तिनले केन्द्र सरकारको कतिपय़ कानूनले गर्दा साधारण मानिसहरूलाई धेरै असुविधा भइरहेको बताइन्। तिनले आफू सबैको साथमा रहेको दावी गर्दै सीएए-को कारणले कसैलाई पनि आतङ्कित नबन्ने आह्वान गरिन्। तिनले जसको नाम भोटर लिस्टमा छैन् तिनीहरूलाई आफ्नो भोटर कार्ड बनाउने निर्देश दिइन्। सभापछि यहाँको मल्लागढ़ीबाट निकालिइएको महाऱ्याली अवधि शहर तथा हिलकार्ट रोडको दुवैतर्फ मानिसहरूको भीड़ देखियो। अर्कोतिर, पहाड़, सिलगढी एवम् जलपाईगढीबाट पनि हजारौँको संख्यामा तृणमूल समर्थकहरू सामेल भएका थिए। उक्त महाऱ्याली बाघाजतिन पार्क पुगेपछि रवीन्द्र मञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै मुख्यमन्त्रीले ऱ्यालीको समर्थन गरेकोमा सबैलाई आभार प्रकट गर्दै धन्यवाद दिए। यसपछि मुख्यमन्त्री बाघडुग्रा हवाई अड्डा हुँदै कोलकाता फर्किए।

84 लाखको सुनसहित तीन बङ्ग्लादेशी पक्राउ

सिलगढी : कस्टम अधिकारीहरूले गोप्य सूचनाको आधारमा सिलगढी जङ्क्शन इलाकामा गत राति अभियान चलाएर दुई किलो सुनसहित तीनजना बङ्ग्लादेशी नागरिकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। पक्रा परेका बङ्ग्लादेशी नागरिकहरू क्रमैले मोहम्मद शरीफुल इस्लाम, मोहम्मद तफाजल र काजी तनीव सामेल छन्। यी बङ्ग्लादेशी नागरिकबाट उद्धार गरेको 18 वटा वैदेशिक सुनको बिस्कुटको आनुमानिक बजार मूल्य लगभग 85 लाख रुपियाँ रहेको बताइएको छ। पक्रा पर्नेहरूले केरकार अवधि बताएअनुसार तिनीहरूले बङ्ग्लादेश चेङ्गड़ाबान्धाबाट भारतमा प्रवेश गरेपछि यहाँबाट यी सुनका बिस्कुटहरू कोलकातामा लगेर बिक्री गर्ने उद्देश्यमा रहेका थिए। तिनीहरूबाट तीनवटा वैध पास्टपोर्ट, बङ्ग्लादेशी केही रुपियाँलगायत तीनवटा मोबाइल फोन कस्टम विभागले उद्धार गरेको छ।


अवैध पटेका कारखानामा विस्फोट, चारजनाको मृत्यु
कोलकाता : उत्तर 24 परगनाको नैहटी इलाकामा अवैध पटेका कारखानामा शुक्रबार भएको विस्फोटमा चारजनाको मृत्यु भएको छ। मृतकहरूमध्ये दुईजना महिला र दुईजना पुरुष सामेल छ। हाल मृतकहरूको परिचय थाहा नभएको बताइएको छ। प्राप्त जानकारीअनुसार पटेका कारखानामा आगो लागेपछि उक्त विस्फोट भएको थाहा लागेको छ। घटनाबारे पुलिस र अग्निशमन विभागलाई खबर दिएको छ। घटनाको जाँच शुरू गरेको बताइएको छ।

(इन्टरनेट फोटो)


सडक दुर्घटनामा युवकको मृत्युपछि स्थानीयद्वारा पथ अवरोध
धुपगुडी : बाइकमा सवार भएर गइरहेको समय निर्माणाधीन लाइट पोस्टको खम्भामा ठोक्किएर धुपगुड़ी-नाथुआ राज्य सडकमा गत राति 22 वर्षीय बिक्की पालको मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार बिहिबार अबेर राति अँध्यारोको कारण बिकी पालले लाइट पोस्ट नदेखेपछि बाइक पोलमा ठोक्किँदा तिनी गम्भीर रूपमा घाइते भएकोले तत्कालै अस्पताल लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। उक्त घटनाको प्रतिवादमा आज बिहान स्थानीय मानिसहरूले धुपगुड़ी-नाथुआ राज्य सड़क अवरोध गरेर विरोध प्रदर्शनी गरे। गत डेढ़ वर्षदेखि यस सड़कलाई चौडा गर्ने काम चलिरहेकोले गर्दा यातायात गर्ने मानिसहरूलाई धेरै समस्या भइरहेको आरोप रहेको छ। पथ अवरोधको खबर पाएपछि धुपगुड़ी पुलिस घटनास्थलमा पुगेपछि मानिसहरूले पुलिसलाई नै घेराउ गरेर प्रदर्शनी शुरू गरे। तथापि, पुलिसले उचित आश्वासन दिएपछि पथ अवरोध हटाइएको बताइएको छ।siliguritimes/india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button