
बलेवा । काठेखोला गाउँपालिकाले उच्च पहाडी बस्तीका सबै किसानलाई आलु खेतीमा लाग्न आग्रह गरेको छ । ती क्षेत्रलाई गाउँपालिकाले ‘आलु पकेट’ घोषणा समेत गरेको छ ।
उत्पादनलाई बजारमा पहुँच बढाउन तथा तत्काल बिक्री गर्न नसक्ने स्थानको भण्डारण गर्न गाउँपालिकाले लगानी समेत गरेको छ । सो गाउँपालिकाका अध्यक्ष अमर थापाले बीउ, प्रविधि र औजारमा पालिकाले सहयोग बढाएको र हरेक वडाका पाँच युवालाई कृषि उद्यमको तालिम दिएर व्यवसायमा लगाउने योजना रहेको जानकारी दिए ।



