खबर

अखिल (क्रान्तिकारी) कञ्चनपुरको १६औँ जिल्ला सम्मेलन सम्पन्न : अध्यक्षमा ललित

“वैदेशिक हस्तक्षेप, समाजिक फासिवाद, सिमा अतिक्रमण र शैक्षिक माफियाका विरुद्ध सशक्त विद्यार्थी आन्दोलन ! सुदृढ संगठन, प्रतिबद्ध नेतृत्व र वैज्ञानिक समाजवादी शिक्षाका लागि १६ औं जिल्ला सम्मेलन !!” भन्ने मुल नाराका साथ नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कञ्चनपुरको १६ औं जिल्ला सम्मेलन ललितको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्दै सभ्य र भब्य रुपमा सम्पन्न भएको छ । सम्मेलनपछि नवनिर्वाचित अध्यक्ष ललितले आइतबार प्रेस विज्ञप्ति निकाली वैज्ञानिक समाजवादी शिक्षाको प्राप्तिकालागि निरन्तर संघर्ष गर्ने, शैक्षिक माफियाको भण्डाफोर गर्ने लगायतका महत्वपूर्ण निर्णयसहित कथित कम्युनिस्ट सरकारको कायरतापूर्ण व्यवहार र अघोषित रूपमा विद्यार्थी संगठनमाथि अघोषित प्रतिबन्धका बाबजुद सम्मेलन भब्य रूपमा सम्पन्न भएको भनेका छन् ।

अखिल (क्रान्तिकारी)का अध्यक्ष ललितले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो महान् तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) कञ्चनपुर विगत लामो समयदेखि शैक्षिक विकृति, विसङ्गती र बढ्दै गइरहेको चर्को शुल्क वृद्धि, शैक्षिक व्यापारिकरण, निजीकरणका विरुद्ध अनवरत रूपमा संघर्षरत रहेको आम सबैमा सर्वविदितै छ । मिति २०७६ पुस १९ गतेका दिन हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) कञ्चनपुरले “वैदेशिक हस्तक्षेप, समाजिक फासिवाद, सिमा अतिक्रमण र शैक्षिक माफियाका विरुद्ध सशक्त विद्यार्थी आन्दोलन ! सुदृढ संगठन, प्रतिबद्ध नेतृत्व र वैज्ञानिक समाजवादी शिक्षाका लागि १६ औं जिल्ला सम्मेलन !!” भन्ने मुल नाराका साथ ऐतिहासिक जिल्ला सम्मेलन भव्यताका साथ सम्पन्न गरेको छ । कथित कम्युनिस्ट सरकारको कायरतापुर्ण व्यवहार र अघोषित रूपमा विद्यार्थी संगठनमाथिसमेत गैरसंवैधानिक प्रतिबन्धका बाबजुद सम्मेलन सब्य र भव्य रूपमा सम्पन्न गरेका छौँ ।’

अध्यक्ष ललितले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘जिल्ला सम्मेलनले वैज्ञानिक समाजवादी शिक्षाको प्राप्तिकालागि निरन्तर संघर्षमा होमिने प्रतिबद्धता गर्दै कञ्चनपुर जिल्लाको शैक्षिक रुपान्तरणको लागि अनवरत संघर्ष गर्ने, शैक्षिक माफियाहरुको भन्डाफोर गर्ने महत्वपूर्ण निर्णयसहित कमरेड ललितको नेतृत्वमा २१ सदस्यीय समिति गठन गरिएको जानकारी यसै प्रेस विज्ञप्तिमार्फत गराउन चाहन्छौ ।’ विज्ञप्तिको पूर्णपाठ….

eratokhabar/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button