कृषि र किसान

बाख्राको बृहतर पकेट क्षेत्र निर्माण गर्न ३० लाख सम्म अनुदान

ओखलढुंगा। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ बेन्द्र ओखलढुंगाले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृता वार्षिक कार्यक्रम अन्र्तगत कृषि व्यवसाय प्रर्बद्धन अनुदान कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित भएको मितले १५ दिन भित्र सम्पर्क गर्न सम्पूर्ण किसान, कृषि सहकारी , नीजि फार्म, उद्यमी , कृषि समुह , कृषि सहकारीलाई आग्रह गरेको छ ।

संचालन हुने कार्यक्रमहरु :
१. बाख्राको बृहतर पकेट प्याकेज कार्यक्रम
२. याक चौरी विकास कार्यक्रम
३. भेडा बिकास कार्यक्रम
४. अण्डामा आत्मनिर्भर तथा पारविारीकस्तरमा पोषण सुरक्षाको लागि ग्रामिण कुखुरा प्रर्वद्धन कार्यक्रम
५. मिल्क एनलाईजर मेशिन खरिदमा ७५ प्रतिशत अनुदान सहयोग
६. मासु पसल सुधार
७. ५०० लिटरको चिलिङ्ग भ्याट जेनेरेटर सहित खरिदमा अनुदान
८. च्यापकटर मेशिन खरिदमा ७५ प्रतिशत अनुदान मोटर सहित
९. गाई फार्महरुलाई अनुदान
१०. व्यवसायीक बाख्रा फार्महरुलाई गोठ, खोर निर्माण जैविक सुरक्षा तथा सुदृढिकरणमा अनुदान
११. व्यावसायीक बंगुर फार्महरुलाई गोठ खोर निर्माणमा अनुदान
१२. अनुदान आल्मुनियम क्यान वितरण, krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button