कृषि र किसान

साग बेच्न पाएर दंग किसान, गुन्द्रुक बेच्दै सहकारी

काभ्रे। करेसाबारीमा उत्पादन भएको साग बेचेर नाग्रेगगर्चेका नानीमाया लामाले आठ हजार रुपैयाँ आम्दानी गरिन्। गाउँमा नै सञ्चालनमा आएको सिर्जनशील कृषि सहकारी संस्थाले गुन्द्रुक बनाएर बेच्न थालेपछि सो गाउँका किसानको आम्दानी समेत वृद्धि भएको छ।

करिब ४०० किलोभन्दा बढी साग बेचेर आठ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको उनले जानकारी दिइन्। उनले मात्रै होइन, अहिले सो गाउँका सबै किसानले घर वरिपरिको करेसाबारी र खेत बारीमा साग रोपेर आम्दनी गर्न थालेका छन्।

खेर जाने गरेको साग बेचेर पैसा आउने भएपछि गाउँले सबै साग खेतीतर्फ आकर्षित भएको स्थानीय बासिन्दा राजीव लामाले बताए। उनका अनुसार अहिले त्यहाँका गाउँलेले प्रतिघर परिवारले कम्तीमा तीनरचार सय किलो साग बेच्ने गरेका छन्।

जिल्लाको कोसीपारिस्थित चौरीदेउराली गाउँपालिका–२ नाग्रेगगर्चेमा रहेको सिर्जनशील कृषि सहकारी संस्थाले आम्दानीमा वृद्धि र शेयर सदस्यको आर्थिक उपार्जनमा सहयोग पुर्‍याउने ध्येयले सागबाट गुन्द्रुक बनाई विक्री गर्न थालेर सुरूआत गरेको हो।

साग संकलन गरी गुन्द्रुक बनाउने कामलाई तीव्रता दिएको संस्थाका अध्यक्ष ननिता लामाले जानकारी दिइन्। संस्थाले गाउँमा तरकारी संकलन केन्द्र स्थापना गरी दैनिकरूपमा साग संकलन गरेको छ।

संस्थाले सागको प्रतिकिलो २० रुपैयाँको दरले खरिद गर्ने गरेको छ। १३० जना शेयर सदस्य आबद्ध रहेको संस्थाले छोटो समयमा नै दश लाख पुँजी जम्मा गरिसकेको छ।शेयर सदस्यले उत्पादन गरेको तरकारीलाई संकलन गरी खरिद गर्न थालेसँगै गाउँमा सागखेती गर्नेको संख्या बढ्न थालेको छ।

माया तामाङ र प्रिती तामाङलाई महिनाको दस हजार दिने गरी संस्थाले रोजगारी समेत दिएको छ। उनीहरूको काम साग संकलन, केलाउने, पखाल्ने, गुन्द्रुक बनाउने, सुकाउने र प्याकिङ गर्ने रहेको अध्यक्ष लामाले बताए। स्थानीय शशी तामाङले काठमाडौंमा होटलमा लागि एक लाख रुपैयाँको गुद्रुक माग गरेपछि गुन्द्रुक बनाउने काम अहिले धमाधम जारी रहेको छ।

अध्यक्ष लामाका अनुसार सागको गुन्द्रुकसँगै फर्सी, स्कुस र मुलाको सुकुटी बनाउने तयारी अगाडि बढेको छ। उत्पादन सबै खरिद गर्ने सम्झौता भइसकेकाले कुनै समस्या नरहेको संस्थाले जनाएको छ। यससँगै सहकारीले संस्थामा आबद्ध किसानका लागि आवश्यक मल, बीउ सुपथ मूल्यमा विक्री गर्ने र बचत तथा ऋणलाई पनि सँगसँगै लाने गरी कैयौं योजना अघि सारेको जनाएको छ।krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button