मूल खबर

बन्दको समर्थनलाई लिएर नक्सलबारीमा माकपाको सभा

नक्सलबारी : सेन्ट्रल ट्रेड युनियनले भोलि 8 जनवरीको दिन डाकेको हड़तालको समर्थनमा नक्सलबारी माकपाको तर्फबाट धेरैवटा ठाउँहरूमा सभाको आयोजना गरिरहेको छ। यसै क्रममा आज पनि एउटा र्‍यालीको आयोजना गरिने भएको छ। गत सोमबार राति सम्पन्न भएको सभामा माकपा जिल्ला कमिटीका गौतम घोष, एरिया कमिटी सदस्य राजु सरकार, विकास चक्रवतीलगायत धेरै संख्यामा कार्यकर्ताहरू उपस्थित थिए। यस अवसरमा राजु सरकारले 12 सुत्रीय मागहरूलाई लिएर आगामी 8 जनवरीको दिन देशव्यापी हड़तालको आह्वान गरेको बताए। 12 सूत्रीय मागहरूमा विभिन्न संस्थाहरूको निजीकरणको विरोध, न्यूनतम मजदुरी, समान कामको लागि समान वेतन, एनआरसी, सीएए र एनपीआर-को विरोध आदि जस्ता सामेल रहेको छ।


आगोले जलेर वृद्ध दम्पत्तीको मृत्यु

सिलगढी : जाडोमा आगो तापिरहेको समय वृद्ध दुई दम्पत्तीको आगोमा जलेर मृत्यु भएको घटना प्रकाशमा आएको छ। उक्त घटना 2 नम्बर फुलबारी अञ्चलको पूर्वधलार जयनगर कलोनीमा घटेको हो। प्राप्त जानकारीअनुसार वृद्ध रोहित प्रसाद राय र तिनको स्वास्नी द्रोपदी राय सोमबार राति आगो तापिरहेको समयमा अचानक आगो लागेर तिनीहरूको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर छिमेकीहरू घटनास्थलमा पुगेर आगो निभ्याउने प्रयास गरे तापनि ती दुई दम्पतिलाई बचाउन सकेनन्। एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर दुई दम्पतिको शव उद्धार गरेर पोस्मार्टमको लागि पठाएको छ।

सिलगढीमा चरससहित युवक पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले सिलगढीको तीनबत्ती मोड इलाकामा अभियान चलाएर चरससहित दिलीप सिंह नामक युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। प्राप्त जानकारीअनुसार सोमबार राति तीनबत्ती मोड इलाकामा उत्तर दिनाजपुरको गोयालपोखरबाट एकजना युवकले लगभग डेढ केजी चरस बिक्री गर्ने उद्देश्यले ल्याइरहेको एनजेपी थाना पुलिसले गोप्य सूचना पाएपछि तत्कालै अभियान चलाएर तीनबत्ती मोडबाट चरससहित एकजना युवकलाई पक्राउ गरेको बताइएको छ। उद्धार गरेको चरसको अनुमानिक बजार मूल्य लगभग 2 लाख रुपियाँ रहेको छ।

पिउने पानीको समस्याले जुझिरहेछन् 4 सय परिवार

सिलगढी : सिलगढी नगरनिगम अन्तर्गत पर्ने 2 नम्बर वार्डको बाघाजतीन कलोनीको लगभग 4 सय परिवारले पिउने पानीको समस्याको सामना गरिरहेका छन्। उक्त इलाकामा बिहान कुवामा पानी रहे तापनि दिउँसो हुँदै गएपछि कुवामा पानी घट्ने गरेकोले गर्दा तिनीहरूले निक्कै समस्या भोग्न परिरहेको छ। यसैले गर्दा इलाकावासीहरू नगरनिगमको केही कलहरूमा निर्भर रहने गर्दछन्। तिनीहरू कलमा पानी भर्नको लागि घण्टौँसम्म लाइनमा उभिनु पर्ने साथै धेरैपल्ट नगरनिगमको उक्त कलबाट पानी नआएको कारणले गर्दा मानिसहरूले टाढा गएर पानी ल्याउने गर्दछन्। यसबारे उच्च अधिकारीहरूलाई धेरैपल्ट अवगत गराए तापनि कुनै पहल नगरेको गाउँलेहरूको आरोप रहेको छ। गत दुई महिनादेखि अवस्था अझ बिँग्रदै गएको बताइएको छ। उक्त समस्याको चाँडै समाधान गरिदिने पार्षद तथा 1 नम्बर बोरो चेयरम्यान स्निग्धा हाजराले आश्वासन दिएकी छन्।siliguritimes/india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button