विचार

आज मेरा लागि सबैभन्दा कहाली लाग्दो दिन ,सबैथोक गुमेको दिन त्यो जनवरी ७दैत्य कथा जस्तै लाग्दैछ

सांकेतिक तस्विर


कमल प्रसाद मिश्र
आज जनवरी ७ अर्थात पौष २३ गते म कहिल्यै सपाङ्ग नहुनेगरी त्यतिवेला सन२००२ जनवरी ७ मा प्रहरी हिरासत भित्र यातना भोगेर अंग भंग भएथें।
त्यसैले दैत्य कथा जस्तै लाग्ने उक्त कालो दिनको संझना स्वरुप एक तितो सत्यमा आधारित सानो पङ्ति छोडने अनुमति चाहान्छु।
भारत को भुमिबाट पुलिसको घेराउ बाटस्संझिरहेंथे मेरो नेपाल लाई यातनाको जंजिर बाट हो, यातना कोजंजिर बाट।
सिलिगुडी हिरासत बाट जल्लाद हरुको बीच बाट संझिरहे मेरी आमालाई पीडादायी क्षणबाट हो,पीडादायी क्षण बाट।
बच्चाहरुलाई घरमा छोडदा,मन रूदो रैछ
सा सान छोरीहरुको यादमा ,मुटु काम्दो रैछ
हिरासत मा यातना पाउँदा ,ऐया आमा भने
हिटरमा पिसाप गर्दा ,होसै गुमाउन पुगे
हो भारतको भुमिबाट
जनप्रिय गायक जीवन शर्माको श्वरको पंचायत कालमा लोकपृय बनेको जनबादी गीत फोकल्यान्ड को टापुबाटू शिर्षकमा गाउन मेरो जीवनको भोगाई गाथा केवल शब्दमा उतार्न मात्र खोजेको हुँ है मित्र हरु यो दुखिया ले गल्ति लेखे क्षमा पाउँ।
जल्पाईगुडीको नगरकटा भन्ने स्थान मा दुर्घटना परी उपचारका लागि सिलिगुडी को पारामाउन्ट नर्सिङ होममा भर्ना भए ई त्याहां को आई सि यु मा टाउकाको अपरेशन गरियो प्रहरी घेराउमा म बेहोस अबस्थामा थिए। मेरी आमा जनवरी टमा आई सी यु मै गए र भोली सम्म धैर्य पुर्बक
बस ,अवत होस आएछ बाचिस छोरा भोली झापाका सबै पत्रकार तेरा साथी लिएर आउछु अनी तलाई छुटाएर नेपाल लैजाउला भन्नुभयो।आमाका यी वास्चल्यत्ता पुर्ण भनाई लाई आशावादी हुदै रातभर खुसि भ एर अष्पतालमा सुतिरहे। भोलीपल्ट नभन्दै आमा संग तत्कालिन नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हाल दिबंगत आदरणीय दाई मदन ढकाल अग्रज पत्रकार हरू गोबिन्द क्षेत्री, केशव आचार्य ,रामनाथ बाँस्कोटा र अन्य मित्रहरू भिम नेम्बाङ्ग, तीर्थ सिग्देल, जी एन शर्मा, गोपाल गिरी, नेत्र पाठक, कृष्ण हुमागाँई माधव बिद्रोही लगायत टुप्लुक्क पारामाउन्ट नर्सिङ होममा पुग्नु भयो। ऊहाँहरु पुगेपछि अष्पतालको बील बाट हैरान भ एको भारतीय प्रहरी ले खोक्रो आश्वासन दिदै भनेछ। ६लाख भारू तीर्नुहोस लैजानुहोस । पत्रकार मित्रहरू र आमाले प्रहरी को दुईजिब्रे कुरा बुझ्नू भ एन मान्छे पाईने भयो भनेर बिर्तामोड बजारको बीचमा पर्ने मेरो घर बेचेर तीर्नेगरी साहुकाडेर आमाले ऋण खोजेको १०लाख नेरू अष्पतालको उपचार खर्च तिरियो। जुन ऋण म एकबर्ष पछि जेलबाट छुटेर सावा ब्याज डबल साच्चिकै मैले खाई नखाई पैसा भेलागरी अनी पिताजी ले दिएको अंशको जमिन बेचेर किनेको बिर्तामोड को मुल्यवान घर बिक्री गरेरै तिर्नु पर्यो। वास्तवमा जुनदिन घर बेचे त्यहीदिन बाट सुकुम्बासी शरह भ एको म अझैसम्म डेरा बहाल लाई बासस्थान बनाउदै छु।
घरै हिडनेगरी उपचार खर्च तिरेर जव म अष्पताल बाट बाहिर निकालिए अनी आयो बंगाली पुलिसको भ्यान र हाल्यो मलाई गाडीमा भन्यौ सबै आउ थानामा सही गरेर लैजाउ तिम्रो मान्छे।
अझैपनि चतुर भारतीय खुफिया एजेन्सी को प्लान बुझिएन पत्रकार मित्रहरू र आमा प्रहरी कार्यालय सिलिगुडी पुग्नुभयो। तर भनाई एऊटा गराई अर्को भारतीय नौकरशाह हरुको चलन म माथी दोहोरियो। फलत अष्पताल को बील तिराएर फसाउन उद्दत भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एनालाईसिन्स व्यीङ्स र बंगाली प्रहरीले झापाली पत्रकारहरू र आमा लाई लाठी हान्दै खेदेर मलाई कालकोठरी यातना ग्रिह भित्रहाल्यो। पैसागयो सर्बस्व भयो मान्छेपनि दिएन स्वर सम्राट नारायण गोपाल ले गाएकोस् मुटुमाथि ढुंगा राखी हाँस्नु पर्याछूभन्ने गीत जस्तै भयो त्यसदिन झापाली पत्रकारहरू र मेरी आमालाई।
रूदै दिक्क मान्दै ऊहाँहरु नेपाल फर्कर्नुभयो। मलाई भने खुट्टो समेत भाच्चिएको टाउको अप्रेशन गरेको घाईते अबस्थामा स्टेचरमा राखेर हालियो काल कोठरी हिरासतमा ।अनी आधा नेपाली आधा हिन्दी आधा बंगाली भाषा प्रयोग गर्दै एक प्रहरी ओस्तात ले उर्दी जारी गरे हिरासतमा भ एका करिव ८०जनाजती थुनुवालाई यो घाईते संग नबोल्नु है भनेर।
प्रहरी हिरासत भित्र रक्शी खाने, लागु औषधका कारोबारी चोर डाका ज्यानमारा र दुई नम्बरी धन्दावाला सबै थिए भन्दै थिए हाम्रो त छोटा मोटा केशहुन छुटिन्छ यो नेपाली दाजु त आतंककारीमा परेछ कि लाईफ जेल कि फाँसी११ भनेर अन्य थुनुवाले गफगरेको सुनेपछि मेरो अष्पताल मा खुलेको होस आधागुम्न पुग्यौ।
जब रात छिपियो मलाई दुईजनाले बोकेर बाहिर सिलिगुडी थानाका बडाबाबु भनिदो रहेछ अफिसरको रूममा ल्याए। वरी परी २०जती बन्दूक बोकेका भारतीय, प्रहरी बीचमा सिलिगुडी का प्रहरी प्रमुख अनी साईडमा र अ का हाकिम रहेछन नेपाली भाषी नरेन्द्र क्षेत्री अनी ईलाका प्रहरी कार्यालय बिर्तामोड का हवल्दार अमर बिष्ठ मैले प्रष्ट देखेको थिए।
बारफे बाफ, अब सुरूभयो सोधनी नेपाली माओवादी आन्दोलन हथियार र माओवादी नेताहरू कहाँ बस्छनरु भन्ने बारेमा अलग रअलग भाषामा अलग रअलग प्रश्न बंगाली मा सोदियो तुमार बाडी कोथाईरु हिन्दी मा तुमारे बडि माओवादी नेतृ सरस्वती महरा कहाँ हैअंङ्गेजी मा सोधियो उनिहरू सिक्किम कार्यक्षेत्र भ एका तत्कालिन भुमिगत माओवादी नेता अहिलेका झापा क्षेत्र नः१का सांसद राम कार्की बारे बुझ्नू खोज्दैथिए भने झापा बाट गए का प्रहरी प्रतिनिधि अमर बिष्ठ हतियार राखेको ठाउँ देखाउन जोड जबर्जष्ती गर्दै थिए। तर म एउटा कलम चलाएर खाने संग माथिका प्रश्न को उत्तर थिएन। मैले चिन्दिन जान्दिन थाहाछैन भनिदिए तर उनीहरूलाई मान्य भ एन रातले सन्नाटा छाईरहेका बेला निर्दयी प्रहरीका हाकिमले मलाई यातना दिन आदेशगरेपछि जल्लाजहरुले स्टेचर बाट उठाएर कम्मर मुनी बुट लात्तिले ३०पटक हानेको थाहा छ। दुबैहातमा डोरी वाला लठीले ६०भन्दा धेरै हानेपछि म घाईते आत्तिए अनी पिसाव लाग्यो भनेर चिच्चाए नै। निर्दयी प्रहरीले हिडन सक्दैनस ला यही पिसाव गर भनेर एउटा बटुको जस्तो राखिदिएआखिर रहेछ हिटर पिसाव के फेर्न सुरु मात्र गरेको थिए बिद्दुतिय करेन्ट पानी रुपी पिसापमा प्रवाह भ एपछि म बेहोस भ एछु। मलाई त्यतिवेला दिएको यातना कै कारण अहिले पिसाप सम्वन्धी दीर्घरोगी अनी शरीरका अंग अंग दुख्ने राती चिच्याउने खाएको नपच्ने आदी समस्या त छदैछन मुटु को समस्या पनि यातनाकै कारण आएको बरिष्ठ कार्डियोलोजिष्ट डास्मन बहादुर के सी ले बताईदिनु भ एको छ। जेल बाट छुटे लग्ततै आँखाको ज्योती गुमेको बारे बीर अष्पतालमा आएर जचाउदा डा उपेन्द देवकोटाले पनि टाउकाको अपरेशन गर्दा कमजोर भ एको आई भेन यातनाको बेला चुडिएकाले पुन जोडन नसकिने पक्का गरिदिनुभाथ्यो जव उहाँले बताउनु भयो तव थाहाभयो मेरो दाँहिने आँखाको ज्योती पनि त्यही जनवरी ७मै खोसिएछ।
रातभरको यातना र पिटाई अनी करेन्ट लागेर बेहोस भ एको मलाई बिहाँनी पख एक भुटिया जातका भारतीय प्रहरी अधिकृतले ब्युँझाएर एउटा पेपरमा सही गर्न लगाए जहाँ आतंकबाद बिरोधी भारतीय कानून का धारा १२१,१२२,१२३,१४२र१४४ धारामा उल्लेखित कसुर अनुसार कारबाहीको माग राखेर म माथि सिलिगुडी डिभिजनल कोर्टमा मुद्दा दर्ता गर्ने तयारी रहेछ। अदालतले घाईतेवारे सोधपुछ गर्ने संभावना भ एकाले होला म्याद थपगर्दै खानपनि राम्रो नदिएर आफन्तसंग भेटन नदिएरै ७दिन हिरासतमा राखेरपछि मात्र अदालतमा हाजिर गराईएको थियो।
त्यसैले त
बिगत अर्थात सन २००२ जनवरी ७ संझन्छु अनी भक्कानिएर झोक्रिन्छु बास्तवमै पुर्बजन्मको कुन कुकर्मको परिणाम होरु वा प्रारब्ध हो कि संसार मेरो त्यसदिन खोखिएछ।
आँखाको ज्योती यसैदिन गुम्यो।
शरिर अंग भंग यसैदिन भयौ ।
यातनाले शरिर दीर्घरोगी आजैदेखि भयो।
त्यतिमात्र कहाँ हो र पिता माताले दिएको र आफैले थुकतेल गरेर जोडेको घर जग्गापनि गयो अनी सडकछाप सुकुम्बासी भ ईयो।
हे भगवान यो घटनालाई पनि मैले जीवनभोगाईको कृपाको रुपमा घटना घटेको धेरैबर्ष पछि बुझे ।कृपा सुल्टो मात्र हुदैन उल्टो पनि हुन्छ भन्नेकुरा त्यसैले आज त्यही जनवरी ७ मा प्रभु संग प्राथना छ संसारमा मलाई एक्लै बनाई दयादिनुहोस। म दयाकौ भिखारी हो मेरो क्रन्दन सुनिदिनुहोस।
प्रभुबाट केवल दया र प्रेम अनी गुरू भक्ति को कृपा
संसार अनी सरकारबाट न्याय र सहयोगको अपेक्षा गरेको छु भुल भ ए क्षमा पाउ।
संकटकाल जेल र यातना बारे क्रमश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button