

कमन देवान
कविता
पोक्ची सोल्टिनी
तिमी बस्ने काठमाण्डौको
यो चिसो खाल्डोमा
म बेखर्चीको लागि
एउटा चौताराको पनि अभाव छ
जहाँ बसेर
तिम्रो नाउँमा लेखुँ एउटा कविता ।
अनि सुनाइदिउँ
हतार हतार गुडिरहेका
माइक्रो, टेम्पो, ट्याक्सी र ठूल्ठूला बस, ट्रक र टिप्परहरुलाई
उँभो आकास छेँड्न उडिजाने हवाइजहाजहरुलाई ।
कि म तिमीलाई उस्तै माया गर्छु
बेहद माया गर्छु
दिल खोलेर, मन जोडेर ।
म उर्फ
उहीँ तिम्रो बेखर्ची ठूले
फेसबुकबाट


