
मेचीनगर । मेची पारि रहेर पनि निरन्तर आफ्नो मन र गलालार्ई नेपाली गीत संगीतसँग जोड्ने गायिका अनुपमा प्रधानको नयाँ मात्र होइन नयाँ पन सहितको सांगीतिक कोशेली फेरि आम नेपाली श्रोता सामु आएको छ । ‘ मैले बुझ्न सकेको भए’ शीर्षकको यो गीतले नयाँ पन र धारका साथ नेपाली गीतसंगीतको क्षेत्रलाई थप सौम्य र सुन्दर बनाउन हरप्रयत्न गरेको देखिन्छ ।



