खबर

प्रेस संगठनको झापाले पूर्णता पायो

बिर्तामोड । प्रेस संगठन झापाले पूर्णता पाएको छ । आज बिर्तामोडमा बसेको बैठकले एकिकरणपछिको जिल्ला कमिटी टुङ्गो लगाएको हो ।

संगठनको प्रदेश १ कमिटीले यसअघि झापाको संयोजक र सहसंयोजक टुङ्ग्याएको थियो । प्रदेश कमिटीले झापाको संयोजकमा मुक्ति पौडेल र सहसंयोजकमा टिकाराम उप्रेतीलाई जिम्मेवारी प्रदान गरेको थियो । आजको बैठकले ३९ सदसीय जिल्ला कमिटी बनाएको संयोजक पौडेलले जानकारी दिए ।

बैठकले सदस्यहरुमा मनकुमार गदाल, झुलन रेग्मी, प्रदीप परियार, उद्धव पुरी, पुष्प बराल, गंगा बराल, गिता खड्का, युवराज विवश, याम विमली, उमानाथ भण्डारी, अनिलदेव राई, अच्युत सुवेदी, सुष्मा कुमाल, सुष्मा नेपाली, नन्दलाल खतिवडा, राम प्रसाद निरौला, सन्तोष शर्मा, राजु बराल, सुनिरा मैनाली, मदन राजवंशी, सन्तोष न्यौपाने, रमेश तिवारी, लोकनाथ रिजाल, पार्थ मण्डल, दिपक सुवेदी सुदिप अधिकारी, मीनप्रकाश उप्रेती, प्रकाश उप्रेती, डिकेश लामा, प्रकाश पौडेल, राजु पोखरेल, विरेन्द्र न्यौपाने, प्रणित पुडासैनी, सिएम शर्मा, होमप्रकाश अधिकारी, किशोर उपरकोटी र प्रदिप नेपालीलाई चयन गरिएको सहसंयोजक उप्रेतीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button