कृषि र किसान

स्याङ्जाका १० गाउँलाई नमुना कृषिगाउँ बनाइँदै

बिरुवा । स्याङ्जाका १० गाउँलाई ‘मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषिगाउँ’ छनोट गरी कार्यक्रम सञ्चालन गरिएको छ । गण्डकी प्रदेश सरकारले सुरू गरेको नमुना कृषिगाउँ अभियानअन्तर्गत गत वर्ष जिल्लाका पाँच गाउँमा कार्यक्रम सञ्चालन गरिएको थियो भने चालू आर्थिक वर्षमा पाँच गाउँ थप गरी कार्यक्रम सञ्चालन गरिएको नमुना कृषिगाउँ कार्यक्रम व्यवस्थापन एकाइका सदस्य कृषि अर्थविज्ञ नारायण पाठकले बताए ।

स्याङ्जामा गत वर्ष मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषिगाउँमा छनोट भई कार्यक्रम सञ्चालन भएका गाउँमा बिरुवा गाउँपालिका–२ को श्रीडाँडा अर्चले, फेदीखोला गाउँपालिका–२ को तल्लो कुँडुले, फेदीखोला गाउँपालिका–१ को रामकोट, भीरकोट नगरपालिका–८ को ओकादी र चापाकोट नगरपालिका–५ को सीमगाउँ छन् ।

सोही कार्यक्रमका लागि पुतलीबजार नगरपालिका–१२ को चन्द्रकोट, आँधीखोला गाउँपालिका–४ को सेपत, गल्याङ नगरपालिका–७ को पेलाकोट, वालिङ नगरपालिका–५ को पित्लेक र कालीगण्डकी गाउँपालिका–२ को लसर्घाबेंसी चालू आर्थिक वर्षका लागि छनोट भएका छन्।

स्याङ्जाका अर्जुनचौपारी गाउँपालिका र हरिनास गाउँपालिकामा नमुना कृषिगाउँ कार्यक्रम सञ्चालन गर्न बाँकी छ ।

नमुना कृषिगाउँका लागि कम्तीमा पनि ५० घरधुरी अनिवार्य हुनुपर्ने प्रावधान छ । कृषिगाउँ कार्यक्रम सहकारीमार्फत वा सहकारी नभएका गाउँमा सामूहिक भेला तथा तदर्थ समिति गठन गरी सोहीमार्फत कार्यक्रम सञ्चालन गरिने ‘मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषिगाउँ’ कार्यक्रमको प्रावधानमा उल्लेख छ ।

प्रदेशको कृषि क्षेत्रको दिगो विकासका लागि स्थानीय साधन र स्रोतको व्यवस्थापन गर्दै उत्पादकत्व वृद्धि गर्ने, उत्पादित वस्तुलाई गुणस्तरीय बनाउने मुख्य उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले नमुना कृषिगाउँ कार्यक्रम सञ्चालन गरेको अर्थविज्ञ पाठकले बताए ।

गण्डकीका ११ वटै जिल्ला ३६ नमुना कृषिगाउँ रहेकामा चालू आवमा संख्यालाई दोब्बर बनाउँदै ७२ पुर्‍याइएको उनको भनाइ छ । नमुना कृषिगाउँ कार्यक्रमअन्तर्गत पहिलो वर्ष २५ लाख रुपैयाँ अनुदान दिइने र दोस्रो वर्ष २५ लाख रुपैयाँको ५० प्रतिशतका दरले कटौती गर्दै लगिने बताइएको छ ।krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button