मूल खबर

प्रथम शहीद अमर दिवस अनि गोर्खा संस्कृति मिलन समारोह शुरू

प्रथम शहीद अमर दिवस अनि गोर्खा संस्कृति मिलन समारोह शुरू

सिलगढी : प्रथम शहीद अमर दिवस अनि गोर्खा संस्कृति मिलन समारोह आजदेखि विविध रङ्गारङ्ग कार्यक्रमहरूको साथमा आरम्भ गरियो। गोर्खा शहीद सेवा समितिको आयोजनामा सिलगढीको दुई माइलस्थित गाँधी मैदानमा आजदेखि शुरू भएको प्रथम शहीद अमर दिवस अनि गोर्खा संस्कृति मिलन समारोह कार्यक्रमको उद्घाटन हुनअघि सर्वप्रथम सुकनास्थित यहाँको रेलवे स्टेशन परिसरबाट विभिन्न सांस्कृतिक बाजा गाजाको साथमा जातीय परिधानहरू लगाएर धेरै संख्यामा उपस्थित मानिसहरूले दार्जिलिङको विश्व धरोहरमा सामेल टोय ट्रेनमा चढेर नाँच्दै गाउँदै दार्जिलिङ मोडसम्म आए। यसपछि यहाँबाट समारोह स्थल गाँधी मैदानसम्म विभिन्न झाँकीहरूको साथमा पैदल र्‍याली निकालिइयो।

तीन दिनसम्म चल्ने उक्त गोर्खा सांस्कृतिक मिलन समारोह कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमहरू लगायत गीत-नृत्यहरू पनि समावेश गरिने बताइएको छ। यसबाहेक उक्त गोर्खा सांस्कृतिक मिलन समारोह कार्यक्रम स्थलमा नेपाली गोर्खाहरूको जातीय परिधान, प्रयोग गरिने विभिन्न सर-सामानलगायत अनेक थरीका पकवानहरू पनि राखिएको छ।

यहाँ घुम्न आउने मानिसहरूले कार्यक्रम स्थलमा राखिएका स्टलहरूबाट नेपाली गोर्खाहरूको स्वादिष्ट खानपीनहरूको स्वाद पनि लिन सक्नेछन्।


अपहरण भएका सिलगढ़ीका सीए अझसम्म निखोज

सिलगढी : गत तीन दिनदेखि निखोज सिलगढीका चार्टर्ड एकाउन्टेन्ट (सीए)-को हालसम्म पनि कुनै पत्तो लागेको छैन। हाल सिलगढी पुलिस कमिश्नरेटले एउटा विशेष टीम बनाएर जाँच शुरू गरेको साथै पुलिस कमिश्नर स्वयम्‌ले यसको नेतृत्व गरिरहेको बताइएको छ। अर्कोतिर, बिहार र सिक्किममाथि पनि नजर राखिरहेको बताइएको छ। स्मरण रहोस्, गत मंगलबारदेखि सिलगढीको पञ्जाबीपाड़ा निवासी किशन अग्रवाल निखोज भएका छन्। पुलिस सूत्रअनुसार अपहरणकर्ताहरूले फोन गरेर तिनका परिवारका सदस्यहरूलाई फिरौतीको लागि पाँच करोड़ मागेको छ। यसपछि जाँचमा जुटेका पुलिसले सिलगढीको विभिन्न ठाउँहरूको सीसीटीभी फुटेज हेरेर जाँच शुरू गरेका छन्। बिहिबार बेलुकी किशन अग्रवालको परिवारका सदस्यहरूले राज्यका पर्यटन मन्त्री गौतम देवसँग पनि भेट गरे। मन्त्री देवले हर सम्भव सहयोग गर्ने आश्वासन दिएको बताइएको छ।

किशोरीलाई अपहरण तथा दुष्कर्मको प्रयास गर्ने आरोपी अदालतमा पेश

सिलगढी : सिलगढ़ीमा एकजना किशोरीको अपहरण तथा दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा पक्रा परेका दुईजना आरोपी देवाशीष दास र दिनेश अग्रवाललाई आज अदालतमा पेश गरियो। यी दुई आरोपीले चकलेटको प्रलोभन देखाएर एउटी किशोरीलाई घरबाट बोलाएर अपहरण तथा दुष्कर्म गर्ने प्रयास गरेको आरोप रहेको छ। किशोरीको बयानको आधारमा पुलिसले यी दुईजना युवकलाई हिजो बिहिबार सिलगढ़ीबाट पक्राउ गरेको थियो। उक्त किशोरीलाई पनि पुलिसले मेडिकल जाँचको लागि पठाएको बताइएको छ।siliguritimes/india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button