स्वास्थ्य

कोरोनाको नाममा कुटपिट

एजेन्सी ।

सिंगापुरबाट आएका एक विद्यार्थीले आफूलाई बेलायती एक समुहले ‘हाम्रो देशमा तिम्रो कोरोना भाइरस चाहिन्न’ भन्दै कुटपिट गरेको गुनासो गरेका छन्।

युनिभर्सिटी कलेज अफ लन्डमा अध्ययनरत २३ वर्षीय जोनाथन मोकले गत सोमबार अक्सफोर्ड स्ट्रिटमा हिँडिरहेका बेला आफूलाई हेरेर युक्त समूहले ‘कोरोना भाइरस’ भन्दै चिच्याएको र आफूले प्रतिकार गर्न खोज्दा तिनीहरूले बेस्सरी पिटेको बताएका छन्।

प्रहरीले जातीयताको द्वेष राखेर सो आक्रमण भएको र अहिलेसम्म कसैलाई पनि पक्राउ नगरिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button