कला

‘बागी ३’ ले गर्‍यो ठूलो ओपनिङ

एजेन्सी

होलीको छेको पारेर प्रदर्शनमा आएको अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कपूर स्टारर फिल्म ‘बागी ३’ लाई बक्सअफिसमा सानदार ओपनिङ मिलेको छ । आफ्नो ओपनिङमा अहमद खान द्वारा निर्देशित फिल्मले बक्सअफिसमा १७ करोड ५० लाखको कमाई गरेको छ । यो कलेक्सनसँगै ‘बागी ३’ को पहिलो दिने कमाईलाई वर्षकै सबैभन्दा ठूलो ओपनिङ मानिएको छ ।

यस वर्षको ठूला फिल्मको ओपनिङ हेर्ने हो भने अजय देवगनको ‘तान्हाजी’ ले १५ करोड १० लाख, ‘लभ आज कल’ ले १२ करोड ४० लाख, ‘स्ट्रीट डान्सर थ्री डी’ ले १० करोड २६ लाख र ‘शुभ मंगल ज्यादा सावधान’ ले ९ करोड ५५ लाख छापेको थियो । यो हिसाबमा ‘बागी ३’ यस वर्षको सबैभन्दा ठूलो ओपनिङ हासिल गर्ने फिल्म बनेको छ । फिल्मको वर्ड अफ माउथ भने राम्रो छैन ।

संसारभर ५ हजार ५ सय स्क्रिनमा रिलिज भएको ‘बागी ३’ टाइगर श्राफको करिअरको सबैभन्दा ठूलो रिलिज मानिएको छ । तर, विजनेस एनालिस्ट्सले कोरोनो भाइरसले दर्शकमा उत्पन्न त्रासका कारण फिल्मले बक्सअफिसमा सानदार कमाई गर्न असफल भएको बताएका छन् । प्रदर्शनभन्दा अगाडि फिल्मले पहिलो दिन २० करोडभन्दा माथि कमाउने अनुमान गरिएको थियो ।

फिल्ममा दर्शकले टाइगर श्राफको एक्सन बढी रुचाएका छन् । ‘बागी ३’, ‘बागी’ को तेस्रो सिरिज हो । फिल्ममा टाइगर र श्रद्धासँगै रितेश देशमुख, अंकिता लोखण्डे, आशुतोष राणा, सतीश कौश‍िक, चंकी पाण्डे, नोरा फतेहीलगायतको अभिनय छ । फिल्ममा रितेश पुलिस अफिसरको भूमिकामा छन् । ‘बागी’ सिरिजमा यसपटक दाजु र भाईको भावनात्मक सम्बन्धको कथा बुनिएको छ ।filmykhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button