खेलकुद

भार्डीको दुई गोलमा लेस्टरको सानदार जित

एजेन्सी – इंग्लिस फरवार्ड जेमी भार्डी र हार्वे बार्नेसको दुई–दुई गोल सहयोगमा लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ । लेस्टरले एस्टन भिल्लामाथि ४–० को सानदार जित हात पारेको हो ।

जितसँगै लेस्टरले अर्काे सिजनको लागि च्याम्पियन्स लिगमा सिधै छनोट हुने बलियो सम्भावना बनाएको छ । तेस्रो स्थानमा रहेको लेस्टरले दोस्रो स्थानमा रहेको म्यानचेस्ट सिटीसँगको अंक दुरी ४ मा छोट्याउदा चौथो स्थानमा रहेको चेल्सीसँगको अंक दुरी ५ पुर्‍याएको छ । प्रिमियर लिगमा शीर्ष चारमा रहने टोलीले सिधै च्याम्पियन्स लिगमा छनोट हुने प्रावधान छ । पाँचौ स्थानमा रहने टोलीले प्ले अफ खेल्नु पर्ने हुन्छ ।

किङ पावर स्टेडियममा सोमबार राति भएको एकपक्षीय खेलमा लेस्टरले ४०औं मिनेटमा हार्वे बार्नेसको गोलबाट अग्रता बनाएको थियो । उनले मार्क अलब्राइटनको पासमा गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको लेस्टरले दोस्रो हाफमा थप तीन गोल थप्यो ।

६३औं मिनेटमा जेमी भार्डीले पेनाल्टीमा गोल गर्दै लेस्टरको अग्रता दोब्बर बनायो । बार्नेसको प्रहारलाई पेनाल्टी एरियामा टेरोन मिङ्सले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा भार्डी चुकेनन् । ७९औं मिनेटमा भार्डीले व्यक्तिगत दोस्रो गोल गरेपछि लेस्टर सहज जिततर्फ अग्रसर बन्यो ।

८५औं मिनेटमा मार्क अलब्राइटनको पासमा बार्नेसले अर्काे गोल थप्दै लेस्टरलाई ४–० को सानदार जित दिलाए । हारपछि एस्टन भिल्लाको रेलिगेसनको सम्भावना झनै बढेको छ । भिल्ला २५ अंक जोडेर १९औं स्थानमा छ ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button