स्वास्थ्य

नेपालमा ४ सय ४१ जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ४ सय ४१ जनामा कोरोना भाइरसको आश‌ंकामा नमुना परीक्षण गरेको छ। परीक्षण गरेका सबैमा कोरोना भाइरस भनेर चिनिने कोभिड १९ को संक्रमण भेटिएको छैन

मन्त्रालयले माघ ९ गते चीनको बुहानबाट आएका एक जनामा कोरोना संक्रमण देखिएपछि शंकास्पद व्यक्तिको नमुना प्रयोगशालामा जाँच गर्दै आएको छ। बुहानबाट आएका ती व्यक्तिको नमुना हङकङमा पठाइएको थियो। त्यसपछि भने मन्त्रालयले नेपालमा नै आवश्यक किट मार्फत कोरोना परीक्षण सुरु गरेको हो।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा गरीएका परीक्षणमा हालसम्म कोहीमा पनि संक्रमण नदेखिको जनाएको छ। संक्रमण नदेखिएपनि सम्भावित जोखिमलाई मध्यनजर गरि संक्रमण भित्रन नदिन यथोचित व्यवस्था गरेको पनि विज्ञप्तमा जनाएको छ।

विमानस्थलमा थप जनशक्ति तथा उपकरण व्यवस्था गरिएको उल्लेख गर्दै मन्त्रालयले संक्रमण रोकथामका लागि नियमित रुपमा औषधिसहितको स्प्रे गर्ने कार्य भइरहेको जनाएको छ।

‘छिमेकी मुलुकहरुसँग स्थलमार्गका ३७ नाकाहरुमा प्रदेश र स्थानीय तहसँग सहकार्यमा हेल्थ डेक्स स्थापना गरि नेपाल भित्रिने यात्रुको चेकजाँच सुरु गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले औषधि र औषधिजन्य सामग्री आदिको अभाव हुन नदिन अनुगमनलाई थप प्रभावकारी बनाइएको र देशभित्रको उत्पादन क्षमतालाई बढाउन आवश्यक पहल गरिरहेको जनाएको छ।swsthyakhabarpatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button