स्वास्थ्य

४३ वर्षीया महिलाले लिइन् कोरोनाकाे भ्याक्सिन, ६ हप्ता अनुसन्धान हुने

काठमाडाैं- अमेरिकी अनुसन्धानकर्ताहरूले सोमबार कोरोना भाइरस (काेभिड- १९)को पहिलो भ्याक्सिन (खोप)को परीक्षण गरेका छन्। सिएटलमा पहिलो पटक एउटी महिलालाई कोरोना खोप दिइएकाे हाे।

सिएटलको रिसर्च इन्स्टिच्युटका एक चिकित्सकले महिलालाई काेराेना भाइरसकाे भ्याक्सिन लगाएका हुन्। चीनमा काेराेना भाइरस पहिचान भएपछि केपीडब्ल्यु अनुसन्धान संस्थानका वैज्ञानिकहरूले यस खोपको विकास गर्न कडा परिश्रम गरेका थिए।

समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार काेराेनाकाे पहिलो भ्याक्सिन ४३ वर्षीया जेनिफर हेलर नामकी महिलालाई दिइएकाे हाे। उनी एक टेक कम्पनीकी अपरेशन म्यानेजर हुन्। भ्याक्सिन लगाएपछि उनले भनिन्, ‘हामी सबै असहाय महसुस गरिरहेका थियौं, यो मेरो लागि केही गर्ने ठूलो अवसर हो।’ भ्याक्सिन लिएपछि दुई बच्चाहरूकी आमा जेनिफर मुस्कुराइन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सफलताको लागि आफ्नो देशका चिकित्सकहरूको प्रशंसा गरेका छन्।swsthyakhabarpatrka

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button