स्वास्थ्य

दुई जना कोरोना संक्रमितको सन्देश : आत्तिनु पर्ने रहेनछ, उपचारले ठिक बनाउँछ

आइसियूबाट सन्देश- हेलचेक्र्याईं नगरौं, सचेत भए जोगिन सकिन्छ

काठमाडौं- विश्वभर कोरोना भाइरसको त्रास बढिरहेको बेला संक्रमण भएर उपचारका लागि अस्पतालमा भर्ना भएको र आफैैं आइसोलेसनमा बसेका संक्रमितले त्रासमा रहेकालाई सन्देश दिएका छन्‚ ‘आँत्तिनुपर्दैन, सचेत भए निको हुन्छ।

दुवै संक्रमित बेलायतका हुन्। स‌ंक्रमण जटिल भएर अस्पतालको आइसियूमै उपचाररत रहेकी तारा जेनी लान्सटन र बेलायती नायिका ओल्गा कुरिलेन्कोले यस्तो सन्देश दिएका हुन्। लान्सटनले एक सहयोगी मार्फत आइसियुबाटै भिडियो सन्देश पठाएकी छन् भने कुरिलेन्कोले आइसोलेसनमा रहँदाको अनुभव र उपचार प्रक्रियाबारे आफ्नो इन्स्टाग्राममा अनुभव बाँडेकी हुन्।

आइसियूबाट सन्देश- हेलचेक्र्याईं नगरौं, सचेत भए जोगिन सकिन्छ

स्वास्थ्य अवस्थामा कुनै समस्या नभएकी तारा जेनी लान्सटन गत शुक्रबार एकाएक सास फेर्न समस्या भएपछि अस्पताल पुगेकी थिइन्। परिक्षणमा उनमा कोरोना भाइरसको संक्रमण देखिएपछि उपचारका लागि आइसियूमा भर्ना गरिएको थियो। एक साताको उपचारपछि स्वास्थ्यमा सुधार भएपछि उनले आफ्नो अनुभव बाँड्दै धूमपानको लतमा फसेकाहरुलाई तत्काल धूमपान गर्न छाड्न आग्रह गरेकी छन्।

लण्डनको हिलिङ्डन अस्पातलको आइसियू बेडबाट उनले आग्रह गरिन्‚ ‘सबै जनालाई पश्चिम लण्डनबासीको आग्रह अहिले कुनै हेलचेक्र्याईं नगर्नुहोला।’ उनले गत शुक्रबारको तुलनामा अहिले १० गुणा राम्रो अनुभव गरिरहेको बताउँदै भनेकी छिन्‚ ‘त्योबेला त म आफ्नो बाँच्ने दिन गन्न नि बिर्सिसकेको थिए।’

जुन समयमा उनलाई कोरोना भाइरसको संक्रमण भइसकेको थियो त्यो बेलामा फोक्सोमा पानी हालिदिएजस्तै अनुभव भएको बताउँदै उनले अनुरोध गरिन्‚ ‘यदि कोही अहिले पनि चुरोट खाइरहनुभएको छ भने तत्काल छाड्नु, किनकी म अहिले भनिरहेको छु यो ज्यानमारा भाइरससँग लड्न तपाईंलाई स्वस्थ फोक्सो चाहिन्छ।’

‘गम्भिर अवस्था नभए आइसोलेसनमा बस्दा नि निको हुन्छ’

कोरोना भाइरसको संक्रमणमा परेकी बेलायती नायिका ओल्गा कुरिलेन्को निको भएकी छन्। संक्रमण पत्ता लागेलगत्तै आइसोलेशनमा बसेकी उनी प्यारासिटामोलमात्र खाएर सन्चो भएकी हुन्।कोरोना भाइरसको शंका लागेलगत्तै अस्पताल गएको र चिकित्सकले खानका लागि आफूलाई प्यारासिटामोलमात्र दिएको बताउँदै उनले त्यही खाएर र आइसोलेसनमा बसेर आफू निको भएको बताएकी छन्।

कोरोना भाइरसको त्रास विश्वभर बढिरहेका बेलामा उनले इन्स्टाग्राममा आफ्नो अनुभव बाँड्दै ज्यानमारा भाइरस भए पनि चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बस्दा अहिले सञ्चो हुँदै गएको बताएकी छन्।

मुखमा मास्क लगाएको तस्वीर राख्दै उनले लेखेकी छिन्‚ ‘म अहिले सञ्चो भइरहेको छु, मेरो ज्वरो हराइसक्यो। धैरैलाई लाग्ला अहिले म कहाँ छु भन्ने। म अहिले लण्डनमा छु।’

उनले शंका लागेपछि परिक्षण गर्दा परिक्षणको नतिजा पोजेटिभ देखिएको खुलाउँदै उच्च ज्वरो भएकाले चिकित्सकले प्यारासिटामोल दिएको तर अन्य औषधी नदिएको उनले बताएकी छन्।swsthyakhabarpatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button