स्वास्थ्य

कोरोना अपडेट : मृतकको संख्या १३ हजारभन्दा बढी, ३ लाख ८ हजार संक्रमित

सार्क राष्ट्रमा के छ अवस्था?

काठमाडाैं- विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट आइतबार बिहानसम्म १३ हजार ५० जनाको मृत्यु भएको छ।

आइतबार बिहान ७: ३० बजेसम्मकाे तथ्यांकअनुसार काेराेना भाइरसबाट विश्वभर ३ लाख ८ हजार १० जना संक्रमित भएका छन्। संक्रमित व्यक्तिमध्ये ९५ हजार ७९७ जना उपचारपछि घर फर्किएका छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस विश्वका १८८ भन्दा बढी देशमा देखा परिसकेको छ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको काेराेना भाइरस (कोभिड–१९)लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ।

कोरोनाका कारण इटलीमा शनिबार एक दिनमै ७ सय ९३ जनाको मृत्यु भएको छ। याेसँगै इटालीमा ४ हजार ८२५ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन्।

इटालीमा ५३ हजार ५ सय ७८ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ। जसमा ६ हजार ५५७ जना नयाँ बिरामी रहेका छन्।

काेराेना भाइरसकाे संक्रमण अमेरिकामा पनि बढ्दै गएकाे छ। त्यहाँ एकैदिन ७ हजार बढी काेराेना संक्रमणका नयाँ बिरामी भेटिएका छन्।

अमेरिकामा पछिल्लाे २४ घन्टामा ७ हजार ३ सय ४ जना नयाँ संक्रमित भेटिएका हुन्। अमेरिकामा काेराेनाका कारण पछिल्लाे २४ घन्टामा थप ८४ जनाकाे मृत्यु भएकाे छ।

याेसँगै अमेरिकमा ३ सय ४० जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ। आइतबार बिहानसम्म अमेरिकामा २६ हजार ६८७ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ।

बंगलादेशमा अहिलेसम्म २४ जनामा संक्रमण देखिएको छ। कोरोनाका कारण बंगलादेशमा ४ जनाको मृत्यु भएको छ।

भारतमा अहिलेसम्म ३३२ जनामा संक्रमण देखिएको छ। कोरोनाका कारण भारतमा ५ जनाको मृत्यु भएको छ।

पाकिस्तानमा अहिलेसम्म ६४५ जनामा संक्रमण देखिएको छ। कोरोनाका कारण पाकिस्तानमा ३ जनाको मृत्यु भएको छ।

भुटानमा अहिलेसम्म २ जनामा संक्रमण देखिएको छ। कोरोनाका कारण भुटानमा अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन।

मालदिभ्समा अहिलेसम्म १३ जनामा संक्रमण देखिएको छ। कोरोनाका कारण मालदिभ्समा कसैको पनि मृत्यु भएको छैन।

अफगानिस्तानमा अहिलेसम्म २४ जनामा संक्रमण देखिएको छ। कोरोनाका कारण अफगनिस्तानमा कसैको पनि मृत्यु भएको छैन।

नेपालमा अहिलेसम्म १ जनामा संक्रमण देखिएको छ। उनी पनि उपचारपछि निको भइसकेका छन्।swsthyakhabarpatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button