दोकान तथा एटीएम सामु दुरत्वको लागि बनाइयो गोलो घेरा

कुचबिहार : कुचबिहार प्रशासनले अति आवश्यक दोकानहरू अनि एटीएम-मा मानिसहरूको भीडलाई देखेर विशेष पहल शुरू गरेको छ। आज कुचबिहारको सदर महकुमा शासकको निर्देश अनुसार कुचबिहार नगर निगमको सबै दोकान, एटीएम काउन्टर अनि नियमित दुकानहरू अघि गोलो घेरा बनाइ दिएको छ। यसले गर्दा मानिसहरूबीचमा दुरी रहने बताइएको छ। यस प्रकारको मानिसहरूको पहललाई प्रशासनले सराहना गरेको छ।
लकडाउन अवधि राजगञ्जको सड़कमा मानिसहरूको भीड़, पुलिस अभियान शुरू

राजगञ्ज: कोराना बाइरसको संक्रमणबाट जोगिन प्रधानमन्त्रीले आगामी 21 दिनसम्म देशभरिमै लक डाउनको घोषणा गरे तापनि राजगञ्जका केही साधरण मानिसहरूले यसको पालन नगरेको देखियो। आज बिहानैदेखि राजगञ्ज ब्लकको विभिन्न स्थानहरूमा मानिसहरूले लक डाउनको निर्देशलाई पालन नगरेर सबै दोकानपाट खुल्लै रह्यो भने टोटो, बाइक लगायत अन्य वाहनहरू सड़कमा यातायात गरेको देखियो। प्रशासनको तर्फबाट मानिसहरूलाई कोरोना भाइरसको संक्रमणबाट बाँच्नको लागि अगावै सतर्कता गराए तापनि यसको कुनै प्रभाव देखा नपरेको बताइएको छ। यसैले आज दिउँसो आमबाड़ी थाना पुलिसले यसको विरूद्ध यहाँको आमबाड़ी, साहुडांगी, भुटकी लगायत अन्य केही ठाउँहरूमा अभियान चलायो। यस अवधि पुलिसले सबै ठाउँहरूमा खुल्ला रहेका दोकानहरू बन्द गर्नको साथै सडकमा हिड्ने तथा भीड भएका ठाउँहरूबाट मानिसहरूलाई लखेटेर आ-आफ्नो घरतिर जाने निर्देश दिए।
तमिलनाडुमा प्रथमपल्ट कोरोनाले एकजनाको मृत्यु

नयाँ दिल्ली : तमिलनाडुमा कोरोना भाइरसले आज पहिलो पल्ट एकजनाको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार कोरोना भाइरसले संक्रमित एकजना 54 वर्षीय व्यक्तिको आज बिहान उपचाराधिन अवस्थामा अस्पतालमै मृत्यु भएको छ। तमिलनाडुमा कोरोना भाइरसले मरेको यो पहिलो घटना हो। स्वास्थ्य विभाग सूत्रले दिएको जानकारी अनुसार मदुरई निवासी 54 वर्षीय एकजना व्याक्तिको गत दुई दिन अघिदेखि उपचार चलिरहेको थियो। तिनलाई डायबेटिजको साथै हाइपरटेन्शन पनि थियो। तिनको स्वास्थ्य लगातार बिग्रिरहेको थियो भने तिनको आज बिहानै त्यु भयो। स्मरण रहोस, देशभरिमा कोरोना भाइरसले संक्रमण हुनेहरूको संख्या हालसम्म 560 पुगिसकेको पुष्टी भएको छ भने तीमध्ये 11 जनाको मृत्यु भइसकेको छ, 46 जना निको भइसकेका छन्।siliguritimes/from




