मूल खबरस्वास्थ्य

नेपालमा थप एक जनामा कोरोनाको संक्रमण देखियो

काठमाडौं,नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या तीन पुगेको छ। आज बुधबार थप एक जनामा कोरोनाको संक्रमण देखिएको हो।

संक्रमितको संख्या अहिले सम्म ३ पुगेपनि एक जना उपचारपछि निको भइसकेका छन्। उनी कोरोना मु्क्त भइसकेका छन्। दुई जना भने उपचाररत छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको नमुना परीक्षणमा थप एकजनामा पोजेटिभ देखिएको हो। स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले तेस्रो व्यक्तिमा कोभिड१९ देखिएको पुष्टि गरेका छन्।

 

प्रयोगशाला सूचना अधिकारी राजेशकुमार गुप्ताले मंगलबार गरिएको परीक्षणमा थप एकजनामा पोजिटिभ देखिएको बताए। बुधबार मात्रै रिपोर्ट सार्वजनिक गरिएको हो।

विस्तृत जानकारी उपलब्ध नभइसकेको भए पनि स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमा पनि कोरोना संक्रमित व्यक्तिको संख्या तीन पुगेको उल्लेख छ।

नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण भएको छ। जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ भने ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button