
मेचीनगर । कोरोना भाइरसको सम्भावित संक्रमणको नियन्त्रणका लागि नेपाल सरकारले मंगलबारबाट लागू गरेको लकडाउन आज बुधवार पनि जारी छ । नेपालको पूर्वी नाका काँकरभिट्टामा यसको कार्यान्वयनको पक्ष सबल र सफल भएको मान्नु पर्छ । छिटफुट अत्याबाश्यक सवारी साधनबाहेक लकडाउनको पूर्ण परिपालनका लागि स्थानिय प्रशासनको तदारुकता रहेको देखिन्छ । साथै लकडाउन आफ्नै लागि हो भन्ने सत्यलाई बुझेर नागरिकहरुको साथ र सहकार्य पनि पाईन्छ । हामीले यो दृश्य बुधवार दिउँसो करिब १ बजे लिएका हौँ ।




