मूल खबर

अबदेखि क्वारेन्टाइनमा बस्न नमान्नेलाई कैद सजाय

काठमाडौँ ।

अबदेखि क्वारेन्टाइनमा बस्न नमान्ने व्यक्तिलाई कैद सजाय हुने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि क्वारेनटाइनमा बस्न नमान्ने व्यक्तिका लागि सरकारले कडा निर्णय गरेको हो ।

आइतबार सिंहदरवारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले संक्रमण रोग ऐनको दफा बमोजिम क्वारेन्टाइनमा बस्न नमान्ने, भाग्ने वा संक्रमित भएको सूचना नदिनेलाई कैद सजाय गर्ने निर्णय गरेको हो ।

निर्णयको पालना नगर्ने व्यक्तिलाई १०० रूपैयाँ जरिवानादेखि १ महिनासम्म कैद र चिकित्सक लगाएत पूहरीलाई हानी पुर्याउनेलाई ६ महिना कैद, ६ सय रूपैयाँ जरिवा हुन सक्ने व्यवस्था रहेको छ ।न्युज अफ नेपाल,

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button