
यतिबेला विस्वमा फैलिएको कोरोना संक्रमणबाट जोगिन बिश्वले आव्हान गरिरहेको छ । नेपालमा यशको महामारीबाट जोगिन भैरहेका प्रयास हरुका बिषयमा पनि विभिन्न पक्ष बाट विभिन्न कुराहरु आइरहेका छन । खास गरि यतिबेला स्थानीय सरकारका प्रयासलाई निकै महत्त्वसाथ हेरिइरहेको छ समाजले । दमक नगरबाशी र यश क्षेत्रका आम नागरिकहरुले चासोका साथ हेरिरहेका छन् । यसै सन्दर्भमा प्रस्तुत छ दमक नगरपालिकाकी उप प्रमुख तथा प्रबक्ता गीता पौडेल अधिकारी संग निश्कर्श न्युजका लागि गरिएको कुराकानीको निश्कर्श ।
१. कोरोनाको सम्भाबित जोखिमबाट जोगाउन दमक नगरपालिका के गरि रहेको छ ?
पहिलो कुरा त यो बिश्वलाई नै प्रताडित बनाइरहेको समस्या हो कोरोनाको संक्रमण । यो हामी सबैले बुझ्नु पर्ने कुरा हो भन्ने लाग्छ । त्यसो भन्दैमा हामी चुप लागेर बसेको छैनौ । हामीले केन्द्र सरकार बाट घोषणा भएको लग दाउन को पुर्ण कार्यन्वयन्मा जोड दिइरहेका छौ । माथिल्लो तह सङको सहकार्य मा यसको सावधानी र रोकथामका लागि आवश्यक सबै कदम चालिरहेका छौ । सबैभन्दा ठुलो कुरा भनेको नै यसको संक्रमण भित्रिनु नदिनु हो । त्यसका लागि हामीले बाहिरबाट आउने मानिस हरुको प्रबेशमा नै रोक्नु पर्नेछ । त्यो काममा हाम्रो स्थानीय सरकारले वा प्रसासनले मात्रै गरेर शम्भव छैन । सबै नगरबाशीले यशमा सहयोग गर्नु पर्छ । बिदेश बाट हालै आउनु हुने नगरबाशीले आ आफ्नो स्वास्थय परिक्षण गराएर मात्रै घरमा प्रवेश गरि आफू र आफ्नो परिवार अनि शमाजलाई सुरक्षित राख्ने काममा सहयोग गरिदिनु हुन म नगरपालिकाको तर्फबाट आव्हान गर्न चाहन्छु । सबै वार्डमा यो कुराको सर्कुलेसन पनि हामीले गरि सकेका छौ ।
२. यी त पुर्व साबधानिको कुरा भए स्थानीय सरकारले स्वास्थ्य सस्थामा आवश्यक ब्यवस्थापन चाहिँ के गरेको छ ?
हामीले यहाँ दमकको सरकारी अस्पताल र आम्दा अस्पतालमा आइसुलेसन कक्षको ब्यवस्था गरेका छौ । मान सरोबर कलेज र दाहाल प्रतिस्थानमा क्वारेन्टऐन स्थापना गरेका छौ । त्यहाँ आ आफ्नो आवश्यकता अनुसार सर्वसाधारण हरु उच्च निगरानीमा बसेर उपचारको प्रक्रियामा जानू भएको छ । सामान्य अवस्था भएकाहरू घर फर्किनु भएको छ । सङ्कास्पद बिरामीलाई धरान र झापाको मेची र बी एन शि अस्पताल मा पठाउने ब्यवस्था गरिएको छ ।
३. दमकमा निजी अस्पताल हरुले सेवा बन्द गरेको कुरा आएको छ , नगरपालिकाले के गरि राखेको छ ?
यो समस्या दमकमा मात्रै होइन धेरै तिर आएको छ । राज्यले नै यस्का बारेमा केही निर्णय लिएला । दमकमा हामीले दमक अस्पतालमा नियमित ज्वरो नाप्ने र आवस्यकता अनुसार औषधिसमेत सिफारिस गर्ने काम गरिरहनु भएको छ । आम्दामा पनि त्यो सेवा सुचारू छ । केही निजी अस्पतालमा पनि इमर्जेन्सी सेवा चालू छ । त्यस कारण यो अवस्थामा भएको यो सेवा लाई पनि सकारात्मक रूपमा नै लिनु पर्छ भन्ने लाग्छ।
४. बाहिरी हिंडडुल समेत गर्न नपाएको यो अवस्थामा दैनिक ज्यालादारीमा काम गरेर जिबिकोपार्जन गर्ने नागरिक हरुको विषयमा के योजना बनाइरहनु भएको छ ?
हो यो निक्कै जटिल समस्या छ । हामीले सबै वार्डलाई आ आफ्नो वार्डमा त्यस् किसिमको समस्यामा रहेका नागरिक हरुको लगत विवरण लिने काम गरिरहेका छौ । हामीले नगरस्तरमा कोरोना रोकथाम र प्रभावितहरुका लागि कोष पनि स्थापना गरेका छौ । यशैको माध्यमबाट समस्यामा परेकाहरुलाइ न्युनतम आवश्यक खाध्यन्नको ब्यवस्था गर्ने योजनामा छौ ।निस्कर्ष न्यूज २०७६ चैत्र १६, आईतवार




