इटहरी, १६ चैत ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मुलुकभर जारी लकडाउनका कारण श्रमीक तथा मजदुर वर्गहरु खाध्यान्ह अभावका कारण समस्यामा परेको भन्दै त्यसतर्फ ध्यान दिन सरकारसँग माग गरेको छ ।
नेकपा सुनसरीले शनिवार विज्ञप्ति निकालेर कोरोना संक्रमण फैलन नदीन तथा रोकथामका लागि भन्दै आकस्मिक रुपमा सुरु गरेको लकडाउनका कारण जिल्लामा रहेका मजदुर किषान र सुकुम्वासीहरुको दैनीकि कस्टकर बन्दै गएको जनाएको छ ।
दैनीक रुपमा श्रम गरेर गुजारा चलाइरहेकाहरु अचानक गरिएको लकडाउनका कारण भोकै बस्नुपर्ने अवस्था आएको भन्दै नेकपा सुनसरी इन्चार्ज निश्चल पहाडीले विज्ञप्तिमार्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।
संक्रमणकालिन अवस्थामा समेत दैनिक उपभोगजन्य वस्तुहरुको कृतिम अभाव सृजना गरी राज्यको शासकहरुकै मिलेमत्तोमा कालोबजारी भईरहेको भन्दै इन्चार्ज पहाडीले यस्ता बिषयमा सरकार लाचार र निरिह बन्नु उसको असफलता प्रस्ट भएको बताएका छन् ।
भाइरसले भन्दा पनि भोकले नागरिकको जीवन संकटमा परेको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘एकातिर राष्ट्रघाति भ्रष्ट, दलालआदी यो परिस्थीतिमा कुनै विजयको हर्स उल्लास झै रमाईरहेका छन् भने अर्काेतिर दिनभरी ज्याला मजदुरी गरेर छाक टार्नेका लागि कोरोना भाइरस भन्दा पनि एक पेट खानानै ठूलो काल बनेर आएको छ । यी बिषयहरुमा सरकार लाचार अनी निरिह बनी रहदा असफल सिद्ध भएके छर्लङग बुझ्न सकिन्छ ।’
सुनसरी जिल्लामा मजदुर, सुकुम्वासी र किषानहरुको सङख्या बढी रहेकोले उनीहरुको जीवनलाई सरकारले दायीत्वबोधको साथ छिटो सम्बोधन गर्न पनि विज्ञप्तिमा माग गरिएको छ । इन्चार्ज पहाडीले जिल्लामा पार्टीद्धारा सन्चालित सबै संघर्षको कार्यक्रम स्थगित गरेको पनि जानकारी गराएका छन् । साथै सबै पार्टी कार्यकर्तालाईस कोरोनाका कारण अहिले नागरिकहरु त्रासमा रहेको अवस्थामा जनसेवाका काममा खटिन पनि निर्देशन दिएका छन् ।



