मूल खबर

अब अनाबाश्यक हिड्नेलाई प्रहरी क्वारेन्टानईनदेखि ६ महिना जेल सम्म हुने

ललितपुर। सरकारले लागू गरेको लक डाउन आज सातौ दिन । कोरोना भाईरस संक्रमणको जोखिम नियन्त्रण कम गर्न भन्दै शुरु गरिएको लक डाउन थप आठ दिनका लागि बढेको छ ।


लकडाउनका कारण बिशेष गरि मजदुर, शहर र गाउँका अति बिपन्न समुदायमा बिहान र बेलुकीको गाँसको समस्या परेको देखिन्छ । तर,कोरोना भाईरसको संक्रमणबाट जोगिन सरकारले सबैलाई घरैमा बस्न आग्रह गरेको छ । भाइरसको संक्रमणबाट बच्नका लागि सबैले लक डाउनको पालना गर्न अनिवार्य त छदैछ यसका अलवा सरकारले समेत बिहान बेलुका काम गरेर छाक टार्ने समुदायका लागि बिशेष राहतको कार्यक्रम ल्याउन पनि उत्तीकै जरुरी भएको छ। लक डाउनलाई कडाईका रुपमा पालना गर्नका लागि अब देखि घरबाट अत्याबाश्यक काम बाहेक बाहिर निस्किएर जथाभावी हिड्डुल गर्नेलाई पक्राउ गर्ने, प्रहरी क्वारेन्टाईनमा राख्ने र ६ महिना सम्म जेल हाल्ने सम्मको चेतावनी सरकारले दिएको छ ।
लकडाउनका कारण देशभरको जनजीवन ठप्प भएको छ । कोरोना भाइरसका अहिले सम्म ५ जना संक्रमित भएको सरकारी पुष्टी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button