
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले कोरोना भाइरस (कोभिड–१९) का कारण क्लबको आम्दानीमा गिरावट आउने भएपछि २० प्रतिशतसम्म खेलाडीको पारिश्रमिक कटौती गर्ने भएका छन् ।
क्लबको आम्दानीमा गिरावट आउने भएपछि १० देखि २० प्रतिशतसम्म पारिश्रमिक कटौती गर्ने निर्णय गरेको हो । पछिल्लो अवस्थालाई हेरेर रियलले फुटबल टिम र बास्केटबल टिमका खेलाडीको तलबमा कटौती गरेको हो । रियलको शीर्ष टोली, बास्केटबलको पहिलो टिमका खेलाडी, प्रशिक्षक र कप्तानको तलब १० देखि २० प्रतिशत कटौती गर्न क्लबको बोर्ड बैठकले सहमति गरेको क्लबले जारी गरेका विज्ञप्तीमा उल्लेख छ ।
क्लबले सिजन पुनः शुरु भएको अवस्थामा १० प्रतिशत र सिजन अन्त्य भएको अवस्थामा २० प्रतिशित पारिश्रमिक कटौती गर्न खेलाडी, प्रशिक्षक र कर्मचारीले निर्णयमा सहमति जनाएको यो कठिन अवस्थामा साथ दिने सबैमा क्लबले धन्यवाद समेत ज्ञापन गरेको छ ।
विश्व खेलकुद नै अहिले ठप्प छ । स्पेनिस ला लिगा मार्चसम्मका लागि स्थगित गरिएको छ । लिग शरु हुने वा नहुने अनिश्चित बनेको छ ।
रियल म्याड्रिडको सहरी प्रतिद्वन्दी एट्लेटिको मड्रिड र क्याटलान क्लब बार्सिलोनाले यसअघि नै खेलाडीको ७० प्रतिशतसम्म पारिश्रमिक कटौती गर्ने निर्णय गरिसकेका छन् ।hamrokhelkud/from




