खबरमूल खबर

वित्तीय सेवाका समस्या बुझ्न राष्ट्र बैंकले तोक्यो सम्पर्क व्यक्ति

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय सेवा प्रभावकारी बनाउन सम्पर्क व्यक्ति तोकेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण घरभित्रै बसी सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था आएको भन्दै यस्तो परिस्थितिमा वित्तीय सेवा प्रभावकारी बनाउन सर्वसाधारणको जिज्ञासा सम्बोधन गर्न र सुझाव लिन तथा सेवाग्राहीलाई परेको समस्याको सम्बोधन गर्न फोकल पर्सन तोकेको बैंकले जनाएको छ ।

राष्ट्र बैंकले रकम जम्मा गर्ने वा झिक्ने, ऋणको साँवा व्याज तिर्ने लगायत बैंकिङ कारोबारसम्बन्धी कुनै समस्या अथवा जिज्ञासा र सुझाव भए नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाललाई समपर्क गर्न आग्रह गरेको छ ।

विप्रेषण (रेमिट्यान्स), विदेशी मुद्रा सटही, टीटी, प्रतीतपत्र र विदेशी विनिमय कारोबारसम्बन्धी सम्पूर्ण जानकारीका लागि विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रलाई सम्पर्क व्यक्ति तोकेको छ ।

त्यस्तै मोबाइल/इन्टरनेट बैंकिङ, डेविट तथा क्रेडिट कार्डको प्रयोग, एटीएम सेवाको उपयोग तथा सबै प्रकारका डिजिटल बैंकिङसम्बन्धी कारोबारका सम्बन्धमा भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाललाई सम्पर्क गर्न राष्ट्र बैंकले सूचना जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button