खबरमूल खबर

कारोना प्रभाव : ऋणीलाई आकर्षण गर्न सकेन १० प्रतिशत छुटले

काठमाडौं। चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको ऋण असुली न्युन मात्रै भएको नपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताएका छन् ।

तेस्रो त्रैमासमा बैंकहरुको असुली न्युन मात्रै भएको दाहालले बताए । कति प्रतिशतसम्म असुली भयो भन्ने विवरण संकलनकै क्रममा रहेको तर न्युन मात्रै असुली भएको संघका अध्यक्ष दाहालले बताए ।

उनले भने “ऋण लिनेहरुले ३ महिना पछितिर भइहाल्छ भनेर होल्ड गरेको जस्तो देखियो, ब्याज छुटले आकर्षण गर्न सकेको देखिएन ।”

चैत महिनामा तिर्नेलाई ब्याजमा १० प्रतिशत छुट भए पनि आफुसँग भएको पैसा होल्ड गरौँ भन्ने मनसाय देखिएको दाहालले बताए । बैंकहरुको निक्षेप भने लकडाउनपछिको अवधिमा केही बढेको तर कर्जा विस्तार भने गर्ने अवस्था नरहेको उनले बताए । सानिमा बैंकको तथ्याङ्क हेर्दा करिब १ प्रतिशत जतिले वृद्धि भएको उनले बताए । उनले भने “कर्जाको लागि धितो राख्नुपर्यो मालपोत नै बन्द छ भने कसरी धितो रोक्का गर्न सकिन्छ ।”

त्यसैले कर्जा विस्तार शुन्यजस्तै रहेको उनले बताए । अहिले मुद्धति निक्षेपको आधारमा दिने कर्जालगायत दिन सकिने तर नयाँ कर्जा दिन सम्भावना नरहेको उनले बताए । यद्यपी सम्पूर्ण बैंकहरुको आधिकारिक डाटा आएपछि के छ अवस्था भन्न सकिने र त्यसको लागि एक दुई दिन कुर्नुपर्ने दाहालले बताए ।

बैंकर्स संघकै कार्यकारी सदस्य तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ पनि चैत मसान्तमा किस्ता तिर्दा ब्याजमा १० प्रतिशत छुट दिने नीतिमा थोरै मात्रै आकर्षित भएको बताउँछन् । राष्ट्रिय वाणिज्य बैंकमा चैतमा उठ्नुपर्ने अधिकांस किस्ता नउठेको र असार मसान्तको लागि नै धकेलिएको बताए ।

यता डेभलमन्ट बैंकर्स संघका अध्यक्ष गोविन्दप्रसाद ढकाल पनि २० प्रतिशत कर्जा पनि असुली नभएको बताउँछन् । चैतमा बैंकहरुको औषतमा असुली २०–२५ प्रतिशत मात्रै असुली भएको उनले बताए । कोरोनाको प्रभाव अहिलेभन्दा जेठ असारमा बढी पर्ने ढकालको भनाइ छ ।

माघ फागुनसम्म सबै क्षेत्र रन भएको अवस्था रहेको भन्दै चैत ९ गतेपछि मात्रै हाम्रोमा बढी प्रभाव परेको उनले बताए ।

अगाडिको केही समयकोे त यति प्रभाव देखिएकोले वैशाख, जेठ, असारमा काम गर्न नपाउने हो भने असारमा पनि ऋण असुली हुने सम्भावना कम रहेको उनले बताए । त्यो बेलामा नेपाल राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने ढकालको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button