खबरमूल खबर

अर्थमन्त्रीको सचिवालयले भन्यो– सिंहदरबार र बालुवाटारभन्दा बाहिर जानुभएको छैन

काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा छोरा तिलक खतिवडालाई भेट्न सनसिटी अपार्टमेन्ट नपुगेको उनको सचिवालयले जानकारी दिएको छ । सनसिटी अपार्टमेन्टमा आन्तरिक समिति गठनका लागि चैत ८ गते भएको भनिएको निर्वाचनपछि बधाइ दिन मन्त्री त्यहाँ नपुगेको सचिवालयको दाबी छ ।

सचिवालयले भनेको छ, “पछिल्ला समयमा उहाँले कुनै पनि सार्वजनिक कार्यक्रम तथा भेलाहरुमा समेत सहभागी हुनु भएको छैन । उहाँ निवास, सिंहदरबार र बालुवाटार मात्र काममा व्यस्त हुनु भएको छ ।”

मन्त्री खतिवडा आफैंमा मुटुको बिरामी भएको हुदाँ स्वास्थ्यका विषयमा निकै सजक रहेको बताइएको छ ।

मन्त्री खतिवडाका प्रेस संयोजक यमप्रसाद पौडेलले भने, “निर्वाचित समितिलाई बधाई दिन जानु भएको विषयमा कुनै सत्यता छैन ।”

सनसिटी अपार्टमेन्टमा बस्ने दुईजनालाई कोरोना संक्रमण पुष्टि भएपछि पछिल्लो समय राजधानीमा त्रास बढेको । खतिवडा पुत्र तिलक खतिवडा सनसिटीका आन्तरिक व्यवस्थापन समितिको सचिवमा निर्वाचित भएका थिए । यद्यपि, मन्त्री खतिवडा सचिवालयले तिलक खतिवडा पितालाई भेट्न उनको निवास आएको वा नआएको खुलाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button