खबरहेड लाइन

उत्तिकै छ सामुदायिक रेडियोको मोह

स्केच एआई

लक्ष्मण दर्नाल

काठमाडौँ, जेठ १० गते । नेपालमा सामुदायिक रेडियो प्रसारणको थालनी भएको ३० वर्ष पुगेको छ । दक्षिण एसियाली मुलुकहरूमा नागरिकको स्वामित्वमा एफएम (फ्रिक्वेन्सी मोडुलेसन) रेडियो सञ्चालन गर्नेमा नेपाल पहिलो देश हो । २०५४ सालमा स्थापना भएको सामुदायिक रेडियो, रेडियो सगरमाथाले शनिबार ३० औँ वार्षिकोत्सव मनाएको छ । जुन रेडियो दक्षिण एसियाकै पहिलो सामुदायिक एफएम हो ।

एफएम रेडियो प्रसारणको ३० वर्ष पुग्दा सार्वजनिक सूचना सञ्जालका माध्यमको व्यापक प्रयोग भइरहे पनि सामुदायिक रेडियोको महìव र आवश्यकतामा कमी नदेखिएको सरोकारवाला बताउँछन् । नेपालको भौगोलिक बनावट, साक्षरताको अवस्था र आर्थिक अवस्थाले गर्दा पनि एफएम रेडियोको महìव उत्तिकै रहेको छ । सामुदायिक रेडियो प्रसारक सङ्घका कार्यवाहक महासचिव भक्त स्याङ्तानले भन्नुभयो, “एफएम रेडियोको महìव हिजो जति थियो त्यति नै छ, घटेको छैन । प्रविधिले प्रभाव पार्न खोजेको देखिन्छ तर समुदाय आफैँले आफ्ना लागि चलाएको र समुदायकै नियन्त्रणमा हुने हुँदा समुदाय रहँदासम्म महìव घट्छ जस्तो पनि लाग्दैन ।”

सामुदायिक रेडियो समुदायले चलाएर समुदायप्रति नै उत्तरदायी हुने हुँदा र समुदायका सवाल उठाइने हुँदा महìव नघटेको उहाँको भनाइ छ । प्रसारणको ३० वर्षको अवधिमा नेपालको हालको राजनीतिक तथा सामाजिक परिवर्तन ल्याउने काममा एफएम रेडियोको योगदान र भूमिका निकै महìवपूर्ण रहेको कार्यवाहक महासचिव स्याङ्तानले बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्र, मानव अधिकार, सामाजिक जनचेतना अभिवृद्धि र जनता जगाउने कामदेखि देशलाई आजको परिवर्तनसम्म पु-याउने योगदान एफएम रेडियोको छ ।” सूचना, शिक्षा र मनोरञ्जन घर घरमा पु¥याएर समाजमा परिवर्तन ल्याउने काम रेडियोबाट भएको पनि सरोकारवालाको दाबी छ ।

भौगोलिक कठिनाइका कारण पत्रपत्रिका पुग्न नसक्ने र पुगे पनि सहज पहुँचमा नहुने स्थानका लागि रेडियो निर्विकल्प नै छ । स्थानीय लवज र भाषामा सूचना, समाचार र कार्यव्रmम प्रसारण गर्ने हुनाले रेडियोको मोह स्थानीय समुदायमा कायमै रहेको सामुदायिक रेडियो प्रसारक सङ्घका पूर्वअध्यक्ष सुवास खतिवडाको दाबी छ । स्थानीय समुदायले आफ्ना रुचि र सरोकारका सवाल रेडियोमार्फत सार्वजनिक गर्न पाउने अवसरका कारण पनि रेडियो लोकप्रिय रहेको उहाँको भनाइ छ ।

रेडियो सगरमाथा सञ्चालक समितिका अध्यक्ष डा. घमराज लुइँटेलले भने समयसँगै चुनौती पनि बढ्दै गएको बताउनुभयो । डिजिटल माध्यम प्रतिस्पर्धी रूपमा आउनु, सरकारी नीतिको अभाव, प्रशस्त मिडिया तर साँघुरो बजार, आर्थिक मन्दीलगायतले एफएम रेडियोले चुनौती भोगिरहेको उहाँको भनाइ छ । लुइँटेलले भन्नुभयो, “एफएम रेडियो अप्ठ्यारोमा छन् । आर्थिक व्यवस्थापन नै मुख्य चुनौती देखिएको छ । आमसञ्चार नीतिमा रेडियो वर्गीकरण गर्ने र समुदायिक रेडियोलाई पनि सहयोग गर्ने नीति कार्यान्वयन हुन सकेन ।” सङ्घका अनुसार नेपालका ७७ वटै जिल्लामा सामुदायिक एफएम रेडियोहरू प्रसारणमा छन् । सामुदायिक रेडियो प्रसारक सङ्घमा ३८० सामुदायिक रेडियो आबद्ध छन् । तीमध्ये केही सञ्चालन हुन नसकिरहेको सङ्घले जनाएको छ ।

सूचना तथा प्रसारण विभागका अनुसार आर्थिक वर्ष २०७९/८० सम्म ९३१ वटा एफएम रेडियो दर्ता भएका छन् ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button