खेलकुद

खेलाडी अनुबन्धमा बार्सिलोनाको बालापन!

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाका पुर्व खेलाडी तथा ब्रााजिलका लेजेन्ड रिभाल्डोले पछिल्लो केही वर्षयता खेलाडी सरुवा ‘ट्रान्सफर’ मा बालापन देखाएको बताएका छन् ।

रिभाल्डोले क्लबको पछिल्लो दुई वर्षको खेलाडी अनुबन्धको आँकडा हेर्दा बार्सिलोनाको त्यो बालापन स्पष्ट देखिने समेत बताएका छन् । ‘बार्सिलोना युरोपको शक्तिशाली क्लब हो । क्लबसँग स्टार खेलाडीको जमघट सँधै हुने गर्दछ । केही स्टार खेलाडी पनि अनुबन्ध गरेका छन् । तर, बार्सिलोनाले क्लबको नाफाको लागि खेलाडी किन्ने र बेचिहाल्ने गरेको पाएको छु ।’ रिभाल्डोले भने ।

क्लबले आवश्यकता अनुसार खेलाडी किन्न सकेको छैन । टोलीमै रहेका तथा एकेडेमीमा हुर्किएका खेलाडीलाई समेत चिन्न सकेको छैन । त्यसैले पनि बार्सिलोना घरेलु लिगमा सीमित हुदै आइरहेको छ । उनले पछिल्लो दुई वर्षको बार्सिलोनाको खेलाडी अनुबन्ध नियालिरहेको र क्लबले उपाधि जित्नका लागि भन्दा पनि व्यापार बढाउने धेयबाट बोर्डले खेलाडी किनबेच गरिरहेको आरोप लगाए ।

‘तपाई हेर्न सक्नुहन्छ ? २०१७ मा बार्सिलोनाले कीर्तिमानी मुल्यमा ब्राजिली नेयमारलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बेच्यो । नेयमारको विकल्पमा ल्याइएका औसमाने डेम्वेले चल्न सकेनन् । त्यसपछि इंग्लिस क्लब लिभरपुलबाट ब्राजिली प्ले मेकर फिलिप कौटिन्होलाई महँगो मुल्यमा अनुबन्ध गरेपनि एक सिजन भन्दा बढी खेलाउन सकेन ।’

‘गत सिजन स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन ल्यषएपनि उनले बार्सिलोनामा निकै संघर्ष गरिहेका छन् । अहिले मार्टिन ब्रेथवेटलाई किन भित्र्यायो । यो मैले अझै बुझ्न सकेको छैन, ’ रिभाल्डोले भने ।

उनले क्लबले जथाभावी रुपमा खेलाडी किन्ने र बेच्दै आइरहेको बताए । यसरी क्लबको आम्दानी त बढ्ला तर, उपाधि जित्न र एक रुपताको प्रदर्शन गर्न नसकिने बताए । रिभाल्डोले अहिलेको अवस्थामा बार्सिलोनामा अग्रपङ्तिमा भन्दा पनि रक्षापङ्तिमा खेलाडी खाँचो रहेको औल्याए ।

‘यदि मलाई सोध्नुहुन्छ भने बार्सिलोनाले यतिबेला दुई स्टार फरवार्ड भन्दा पनि दीर्घकालीन योजना सोच्दै युवा रक्षकहरु अनुबन्ध गर्न सक्नुपर्दछ। पछिल्लो तीन वर्षयता, बार्सिलोना कमजोर डिफेन्सकै कारण ठुला प्रतियोगितामा चुक्दै आइरहेको छ ।’ रिभाल्डोले थपे ।

रिभाल्डोले बार्सिलोनामा महँगा र स्टार खेलाडी अनुबन्ध निष्प्रभावी हुदै जानु राम्रो संकेत नरहेको थपे । दुई महँगा स्टार फिलिपे कौटिन्होपछि फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनले बार्सिलोनामा ठुलो संघर्ष गरिहेका छन् । यसबाट पनि क्लबले पाठ सिक्नुपर्ने रिभाल्डोले थपे ।

बार्सिलोनाले पछिल्लो पटक यो सिजन चम्किएका इटालियन क्लब इन्टर मिलानका अर्जेन्टिनी लोउटारो मार्टिनेज र नेयमारलाई क्लबमा फर्काउन प्रयास गरिरहेको छ । आफ्नो समयको छरिता अट्याकिङ मिडफिल्डर तथा फरवार्ड रिभाल्डोले १९९७ देखि २००२ सम्म बार्सिलोनामा बिताएका थिए । उनले २३५ खेलमा १३० गोल गरेका छन् ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button