
सन्जय श्रेष्ठ/तनहुँ ,
स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण बिषय हो । जुन हरेक सजीवको जीवनमा लागू हुने गर्द्छ । भनिन्छ, स्वास्थ्य छ त सबै छ। स्वास्थ्य छैन त केही छैन। मानवीय सभ्यताको विकाससंगै जगतका सबै सजीवहरुको विकासमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सकारात्मक र नकारात्मक प्रभाव पर्दै आएको पाईन्छ।हिजोको तुलनामा आज मानव स्वास्थमा थप जटिलता आउदैछ। प्रबिधिको बिकाससंगै मानवले आफ्नो बिनास पनि निम्त्याएको पाईन्छ। हिजो ढुङ्गे युगमा हाम्रा पुर्बजले बाचेका जीवन जति स्वस्थ थियो आज तेस्को केही आंशिक पनि छैन। आजको खानपान, रहनसहन र बिलासी जीवनसैली नै मानव स्वास्थ्यको मुल सत्रु हो।
आधुनिकता तर्फ लम्कीरह्दा शारीरिक कष्टलाई त्याग्नुपर्छ भन्ने सोचका कारण स्वास्थ्य स्थिति जटिल बन्दै गएको पाईन्छ। हिजोआजको खानपान अस्वस्थ भएकै कारण विभिन्न महामारीजन्य रोग लागेका छ्न।
बजारमा आएका सबैजसो खाद्यान्नमामा बिषादी तथा अन्य हानिकारक तत्व मिसाएर ल्याईएको पाइन्छ। मानव स्वास्थका दृष्टिकोणले महत्वोपुर्ण तत्व खाना पनि असुरक्षित र अयोग्य भएको छ। बजारमा आएको बाहय आयातित वस्तुको स्तर मापन नहुँदा दिनानुदिन खाद्यान्नको गुणस्तरमा दयनीय अवस्था सिर्जना भएको छ।
उत्पादन बढाउने हेतुले वा रोगबाट बचाउने हेतुले गरिएको औषधि र विषादिको प्रयोग चरम बिन्दुमा पुगिसकेको छ। किसान तथा यश बिषयमा संवेदनशिलहुनु जरुरी देखिन्छ। माछा, मासु, तथा कृषिजन्इ उत्पादन कुनै पनि वस्तु आजका दिनमा बिषादी मुक्त छैन। हामी आधुनिकीकरणका चक्करमा आफू र आफ्नो नयाँ पुस्तालाई अस्वस्थ जीवनशैली जीउन सिकाउदै छौं।
बजारमा आफ्नो बर्चस्व कायम गर्ने हेतुले उत्पादनकर्ताले पनि गलत तरिका अपनाएर उत्पादन गरेको पाईन्छ यश बिषयमा भने उत्पादनकर्ता पनि जिम्मेवार भइ लाग्नु र परिमार्जन गर्नु जरुरी देखिन्छ। कतिपय उत्पादनकर्ताले प्रतिस्पर्धाका नाउँमा अप्राकृतिक ढंगबाट वस्तु उत्पादन गरेको देख्न पाईन्छ यश तर्फ उत्पादन गर्ने व्यक्ति, छानबिन गर्ने सरकारी सम्यन्त्र सबै चनाखो हुनु आवश्यक छ।
कृषिप्रधान मुलुक कृषिलाई उत्पादनमुखी बनाउन लागि रहदाको वर्तमान समयमा कृषी उत्पादनकर्ताको आलोचना सबैलाई अपाच्री होला। तर उत्पादनका नाउँमा अनैतिक गतिविधिबाट मानव स्वास्थ्यलाई प्रतिकुल असर पार्ने अधिकार भने कसैलाई छैन। यसरी उत्पादित बस्तु बजारमा खुल्लम खुल्ला आउँदा चेक जाँच नगरिनु र सिधै विक्री गर्न दिनु सरकारि निकायको कमजोरी पनि हो।
जस्ले गर्दा नराम्रो ढंगले उत्पादन गर्नेहरुको मनोबलमा थप सहयोग पुग्ने गर्छ। उत्पादन गर्ने व्यक्ति पनि साधारण किसान र उपभोक्ता पनि साधारण किसानले नै गर्ने हो। तसर्थ उत्पादनकर्ताले पनि ध्यानदिनु जरुरी छ। यसरी उत्पादन गरिएको वस्तु म लगाएत मेरो परिवारले पनि उपभोग गर्नु पर्छ भन्ने मन्सायले काम गर्ने कि किसान दाजुभाइहरु।
यसरी किसन र उत्पादनकर्तालाई गाली गरिरहदा अब पालो सरकार र कृषि नितिको भन्न चाहिँ कृषि मुलुक तर आयात भने अर्बौ रुपैयाँको। किसानलाई उत्पादनका लागि आवश्यक मल, बीउबिजन , कृषी सामग्री सबै पर निर्भर भई आयात गर्नु पर्ने बाध्यता छ। भारत लगाएत अन्य मुलुकबाट खरिद न गरे नेपालको उत्पादनले त एक छेउ पनि पुग्ने वाला छैन।
बिश्वब्यापी रूपमा अहिले कोरोनाको महामारी फैलिएको अवस्थामा नेपाल सरकार भने कृष्णलाई लत्त्याएर पानी माथीको ओबानो बन्ने कोसिस गर्दै छ। हिजो दिन सम्म नाका खुल्ला हुँदा त आयात गरेरै पनि सामानको हर्जो तार्ने सरकारले आजको दिनमा बिश्वब्यापी नाका बन्द र सामाग्री आयात थप्प हुँदाको विकल्प केही छ कि छैन सरकार।
अबको समय भनेको नेपाल जस्तो बिकाशोन्मुख रास्ट्रका लागि कोरोना मात्र नभइ खाद्य संकट पनि अर्को महत्त्वपूर्ण चुनौती हो। कोरोनाले किसानका लागि आवश्यक मल बीउ र सामाग्री अभाव सिर्जना गरिसकेको छ । सबैजसो नेपालिले उत्पादन गरेर खान सक्ने साहस त छदै छैन। किनेर भएपनि खानु त पर्यो हैन। आफ्नो उत्पादन नहुदा बाहय आयात नेपाल भित्रिनु त कुनै नौलो कुरा नै भएन ।
यसरी अभाव भई रहदा भारत लगाएत अन्य मुलुकले आम्दानी गर्नु नौलो होइन हाम्रो लागि । नत्र अर्को कुनै विकल्प पनि त छैन नेपाली संग । त्यसैले म बाहय मुलुकका उत्पादनकर्तालाई दोष दिन्न ।किन कि आजको दिनमा बाहय आयातमा निर्भर बनाउनुको मुख्य कारण नै हाम्रो बुर्जुवा सरकार र कृषि नीति हो ।
जुन उत्पादनमुखी नभई अनुदानमुखी मात्र छ । हाईब्रीड र उन्नत नस्लको पछाडी लागि रहदा न त हाईब्रीडले उत्पादन दियो न त आफ्नो स्थानीय रैथाने बिउ नै बचाउन सकियो ।आजको दिनमा धानका बीउ देखि लिएर सबै थोकमा परनिर्भर भयो है कृषिप्रधान मुलुक नेपाल । बीउ आए त रोपौला बाहिरबाट यदि यस्तो बिश्वलाई संकट परेको समयमा अन्य मुलुकले हाम्रा उत्पादन हामीलाई नै पुग्दैन हामी बिक्रि गर्दैनौं भने अर्को के चाहिँ विकल्प छ सरकार महोदय तपाईंको कृषि नितिमा । कि चामल संग नेपाली जमिन सात्ने तयारीमा छौ सरकार ।
आज कोरोनाको महामारीका समयमा जसरी खाद्री वस्तु आयात रोकिएको छ तर आफ्ना किसानको सुन्वाई भएको छैन यो खाल्को सम्यन्त्रले देशको आर्थिक स्थिति कति दिन सम्म धानी राख्न सकिएला त रु कृष्णप्रधान मुलुकमा ६५।६५भन्दा धेरै जन्ता प्रत्यक्ष रूपमा कृषि पेशामा लागि रहेकाछ्न ।
तर उत्पादन भने अत्यन्तै न्यून छ । यधपी किसानले अझै सहज वातावरण पाएको छैन । गरिब किसानका लागि दुई वटा बाख्रा र पाँच वटा कुखुरा उसको आए आर्जन र परिवार पोषणको आधार हुन सक्छ । कृषीप्रधान मुलुकले पशु स्वस्थ्यलाई खोइ त अत्यावश्यकको सुचीमा सुचिकृत गरेको रु बिश्व आज इलभ धयचमि इलभ जभबतिज भन्ने नाराका साथ् अगाडी बढी रहदा हाम्रो मुलुकमा खोइ त पशु स्वास्थ्यका बिषयमा ध्यान पुर्याईएको।
कृषी क्रान्तिमा लागेको नेपालले पशु स्वास्थलाई लत्त्याएर कसरी इतिहास रच्ने तयारीमा छौ सरकार । एउटा पशुले स्वास्थ्य उपचार न पाई किसानको कति क्षति हुने गर्छ यसको लेखाजोखा कस्ले राखेको छ सरकार रु कि सबै किसन्ले बिमा कम्पनीलाई उकास्ने तिर लाग्ने हो सरकार रु कृषि क्षेत्रको नीति निर्माणमा अत्यन्त दोधारपुर्ण र गैर जिम्मेवार कृषि मन्त्रालयले किसानको मर्मलाई कहिले सम्बोधन गर्छ । किसानका पशुवस्तले दाना समेत खान नपाएको कारण लाखौ लाख क्षति भोग्दै आएकछ्न ।
पशुपन्छीको पनि त बाच्न पाउने अधिकार र एैन बनाउने सरकारले खोइ त कार्यान्वयनमा ल्याएको। आजको दिन सम्म नेपालमा हजारौं किसानले आफ्नो लगानीलाई धरापमा राखेर राष्ट्रिय फुस्रो धाक कृषिप्रधान मुलुकको त्याग बचाउने प्रयासमा लागि रहेकाछ्न।
मानव स्वास्थ्य जतिकै महत्त्वपूर्ण पशु स्वास्थ्य तथा कृषि संग सम्बन्धि सबै निकायको ध्यान जानू जरुरी देखिन्छ। कृषी बस्तु र पशुस्वास्थ्यका माम्लामा आजको मितिबाट नै सचिनु जरुरी छ। कृषी तथा पशु स्वास्थ्यलाई तुरुन्तै अत्यन्तै आवश्यक सेवामा समाबेश गर्नु जरुरी छ। कृष्ण तथा पशु स्वास्थ्यलाई अत्यावश्यकको सुचिमा समाबेश गरिएको खण्ड किसानले राहत पाउने थिए।halokhabar/from



