
रमेश पौडेल
उदयपुर । दिउसोको टन्टलापुर घाममा साइकलको किन्द्रीङ किन्द्रीङ घण्टीमा आवाज मिलाउदै भेनाजुको तरकारी आयो है, भेनाजुको तरकारी आयो, भन्दै गाउँ पस्छन् बेलका ९ भचुवाबासी तेजबहादुर कार्की । बन्दाबन्दीको बेला तरकारी बेच्न बेलका नगरपालिकाका ९, ३ र ६ लगायतका वडाहरु पुग्ने कार्कीे बेलुका घर र्फकन्दा दुई हजार सम्मको ब्यापार गरि साइकल कुदाउदै घर पुग्छन् ।
आफ्नै बारीमा उत्पादन भएका बिषादिरहित अर्गानिक तरकारी बेच्ने कार्कीको तरकारी किन्न हारालुस र भिड हुन्छ । कहिले काहिँ त ग्राहकको माग धान्नै गारो परेको हुन्छ भने कहिले अलि अलि तरकारी घर नै र्फकाउछन् उनी । कार्की सात गाउँ डुलेर भए पनि साईकलको बकेटमा बोकेको तरकारी बेचेर मात्र घर र्फकिने सुर लिएर हिड्छन् ।
कार्की तरकारी उत्पादक कृषक हुन् । उनले झन्डै ४ कठ्ठा बारीमा तरकारी खेती लगाएका छन् । बिहान झिसमिसमै उठेर नित्य कर्म सके पछि गाई, बस्तुलाई खान दिएर घर बाट झन्डै २ किलो मिटर परको तरकारी बारीमा निक्लीदै उनको दैनिकी सुरु हुन्छ ।
रात भरीमा तरकारी के भयो, कुन फुल्दै छ, कुन बेच्ने बेला भयो, कुनमा पानी पुगेको छैन् त्यो हेर्छन् । पानी नपुगेकोमा पोखरीमा जम्मा गरेको पानी हाल्छन् । मल नपुगेकोमा मल हाल्छन् । लडेको ढलेको भए त्यसलाई उठाउँछन् र त्यहाँ बाट घर साईकल किन्द्रीङ किन्द्रीङ पादै र्फकन्छन् ।
घर पुगेर चिया नास्ता गरेर हलो, जुवा लिएर गोरु धपाउदै मकै छर्न बारीतीर लाग्छन् । मकै छरी सकेर घर जान्छन् खाना खाएर एक्छीन् आराम गरेर साईकलको पछाडी बास्केट बाधेर तरकारी बारीतिर लाग्छन् । अहिले उनको तरकारी बारीमा काक्रा, बोडी, करेला, लौका, पालुगंोको साग, टमाटर फलेको छ । धेरै जसो ग्राहाक तरकारी खेतिमै आएर किन्ने गरेका छन् । अलि धेरै उत्पादन भएको तरकारी उनी गाउँ गाउँमा गएर बेच्ने गरेका छन् ।

उनको तरकारीमा बिषादी हाल्दैनन् । बिषदी नहाल्दा कम फल्छ त्यहिँ पनि उनी खुसिनै छन् । उनले बजारकै भाउमा तरकारी बेच्ने गरेका छन्। त्यसैले उनको तरकारी खोज्दै मानिस उनको तरकारी बारीसम्मै आउनेको लर्को लाग्छ । बोटबाट तरकारी टिप्दै बेच्दै गर्छन् ।
कार्की बैदेशिक रोजगारीको सिलसिलामा बिभिन्न खाडी मुलक बसेर आएका कार्की मेहेनेत गरे । स्वदेश मै कमाई गर्न सकिन्छ भन्ने उदाहरण हुन् । उनी केहि बर्ष अघि सम्म पनि कतारमा काम गदै थिए । कतारबाट घर र्फकेपछि उनलाई घरमै बसेर केहि गर्ने सोच आयो र उनले तरकारी खेति सुरु गरे ।
कतारमा हुदा ओभर टाईम चलेको बेला महिनाको झण्डै ४५ हजार आम्दामी गर्ने गरेको बताउछन् कार्की । मरोभुमीमा बालुवा हेर्दा हेर्दा गरेर आएको, बासी बिषादी प्रयोग गरेको सब्जी खादा खादा गरेर आएका कार्की । अर्गानिक आफ्नै बारीमा हरीयालीको ओरीपरी बस्न मन लागेर तरकारी खेती गरेको बताउँछन् ।
कार्कीका दुई छोरी र एक छोरा गरेर छ जनाको परिवार छन् । एक छोरीको विवाह गरि सकेका छन् । छोरा र छोरीको पढाई लेखाई उनले बैदेशिक रोजगारकै पैसा बाट गराएका हुन् । अहिले छोरा बैंकमा जागिरे छन् दुई छोरी पढदै छन् । छोरीहरुको पढाई र घर व्यवहार यहि तरकारी खेतीले नै धानेको कार्की बताउछन् ।
कार्की तरकारी खेतिमा मात्र होईन समाज सेवामा पनि त्यतिकै लाग्ने गरेका छन् । हाल उनी टोल बिकासको सचिव हुन् । गाउँमा कसैलाई सारो गारो पहिहाले उनी गाउँमा सघाउन पुगि हाल्छन् । कार्की भन्छन् अहिले त म सवै एकै जनाले गरिरहेको छु ।
अन्य बाली नलगाएर तरकारी खेति मात्र गर्ने हो भने यसले मनग्य आम्दानी हुने बताउछन् । अर्गानिक तरकारी बिषादी प्रयोग गरेको भाउमा बेच्दा कम फाईदा हुने गरेको छ । अब अलिक भाउ बढाउने योजनामा बनाएको बताउछन् कार्की ।
कार्कीको जस्तै गाउँमै केहि गरे राम्रो प्रतिफल पाईन्छ । कार्की त एक उदाहरण पात्र मात्र हुन् । संसारका थुप्रै देशले कृषिमै प्रगति गरेका छन् । हाम्रो देशमा पनि अधुनिक कृषिमा अत्मनिर्भर भए राम्रो प्रतिफल पाउन सकिन्छ भन्नेमा कुनै शंका छैन ।sancharpaty/from



