खेलकुद

विश्वकप सम्पन्न गर्न आईसीसीको हरसम्भव प्रयास जारी

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको शुक्रबार बसेको कार्यसमितिको बैठकले आईसीसी टी–२० विश्वकप हरसम्भव गराउनका लागि प्रयास गरिने बताइएको छ।

आईसीसीको बैठकमा यसै बर्ष तय भएको टी–२० विश्वकप क्रिकेटका विषयमा छलफल भएको हो। अस्ट्रेलियामा अक्टोबर र नोभेम्बरबीच टी–२० विश्वकप आयोजना गर्ने कार्यतालिका रहेको छ। तर, अस्ट्रेलिया सरकारले कोरोना महामारीका कारण ३० सेप्टेम्बरसम्म विदेशीहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ। यस्तोमा विश्वकप पनि समयमा नहुने सम्भावना बढेको भन्दै बैठकमा छलफल गरिएको हो। तर, बैठकमा आईसीसीले जसरी पनि विश्वकप गराउने मनसाय व्यक्त गरेका छन।

बैठकमा खाली स्टेडियममा भए पनि विश्वकप गर्ने तयारी थाल्ने निर्णय गरेको छ। यदि विश्वकप आयोजना गर्न नै नसकेको अवस्था आएमा मात्र सन् २०२२ मा विश्वकप गर्नका लागि सहमति जुटाउने जनाइएको छ। २०२१ मा दुई वटा विश्वकप गर्ने वा दुई वर्षको अवधिमा दुई वटा विश्वकप गर्ने भन्ने विकल्पमा सहमति जुटेको छैन। छलफलमा आईसीसीको १२ पूर्ण र तीन एशोसिएट राष्ट्रहरुको सहभागिता रहेको थियो।एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button