मूल खबर

नेपालमा थप तीनमा कोरोना भाइरस संक्रमण

वीरगञ्ज ।

बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

जितपुर सिमरा नगरपालिकाका ४३ वर्ष, सिम्रौनगढका ३१ वर्ष पुरुष र वीरगञ्ज–२ छपकैयाका ४६ वर्षका पुरुष कोरोना संक्रमित भेटिएका हुन्। तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ आएको हो ।

उनीहरु तीनै जना यसअघि वीरगन्ज १६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए।

नारायणी अस्पतालबाट यसअघि चार जना कोरोना संक्रमित निको भएर फर्किसकेका छन् भने पाँच जना उपचाररत छन्। अहिले थपिएका तीनसहित सो अस्पतालमा आठ बिरामीले उपचार गराइरहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएका छन् ।न्युज अफ नेपाल,

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button