

जी एन शर्मा
अब यहाँका देशभक्त का्रन्तिकारी पार्टी भएको सरकारका पक्षबाट एक थान बिज्ञप्ति जारी हुनेछ र कडाकडा पाराको बोली पनि सुन्न पाईनेछ। राष्ट्रवादको भावनाबाट ओतप्रोत भएको सरकार र पार्टीले देशप्रतिको आफ्नो अपार श्रद्धा र भक्तिको गान बिज्ञप्ति मार्फत पोखेर देशभक्तिको गौरवमय गाथालाई उचाईमा पु¥याउने महान कार्यको सम्पन्न गर्नेछ ।त्यतिले मात्र उसको देशभक्तिको अगाध स्नेहको चाह पुराहुदैन पार्टी र सरकार दुबैका पक्षबाट मनमा भयावह त्रास बोकेर भएपनि सरापे जस्तो पनि गर्ने छ त्यसपछि उता फकाउन भित्रभित्रै लाग्ने छ। त्यसपछि हुन्छ तैँ चुप मै चुप !
भारतीय विस्तारवादले गर्ने हरेक हस्तक्षेपमा अक्सर यहाँका सरकार र सरकारमा रहेका पार्टीहरुले गर्ने कर्मकाण्ड भनेको यति नै हो । राष्ट्रिय स्वाधिनताको जतिसुकै गानाभजाना गरे पनि विस्तारवादको मुकाबिला गर्ने दम छैन उनीहरुमा यो अहिले मात्रै होइन विगतदेखिकै सरकार र सरकारमा रहेका पार्टीहरुले गरेका हुतिहारा कर्म सप्रमाण सबै सामु छन् ।भारतीय विस्तारवादी शासकहरुले नेपालका हरेक क्षेत्रमा विगतदेखि गर्दै आएका अतिक्रमण, हस्तक्षेप र हेपाह प्रवृतिको प्रतिवाद यदी तत्तत् समयका सरकारले गरेका थिए भने विस्तारवादी भारतीय शासकले हामीलाई पटक पटक जिस्क्याउने अवसरनै पाउने थिएनन् । तर, जतिजति पटक विस्तारवादले हामीलाई हेप्छ र उसको मनमोजी गर्छ यहाँ सरकारमा बसेकाहरु त्यसको ठाडो प्रतिरोध र प्रतिवाद गर्नुको बदला दिल्लीको दूतावास र दिल्ली दरबार धाएर त्वमशरण बन्ने गरेकाछन् ।
भारतीय विस्तारवादले नेपाल र नेपाली भूमी माथि गरेका दर्जनौ विविध हस्तक्षेपका बिरुद्ध जनस्तरबाट त्यसको प्रतिवाद गर्ने काम भएकाछन् । नागरिकले स्वस्र्फूत रुपमा विस्तारवादी चरित्रको शान्तिपूर्ण विरोधबाट प्रतिवाद गरेकाछन् । तर, सरकारमा बस्नेहरुले एउटै मात्र काम गरेकाछन् त्यो भनेको कुटनैतिक रुपमा वार्ता गर्ने बस् । तर, उसले हेप्न छोड्दैन हामी हेपीन छाडिदैनौँ आखिर कमजोरी कसको हो त ? कमाजोरी सरकारमा रहनेहरुकै हो, एउटा सार्वभौम र स्वाधिन राष्ट्र माथि यदि कसैले कुनै बहानामा एक ईन्च मात्रै कुनैपनि विषयको हस्तक्षेप गर्छ भने त्यसको त्यहीबेला ठाडो प्रतिवाद गर्न सक्ने हो भने त्यसले फेरि कहिल्यै हिम्मत गर्न सक्दैन तर हामीमा त्यसको ठिक उल्टो छ । लाग्छ नागरिकलाई नाटक गर्न सरकार बानी परेको छ अनि भारतीय विस्तारवाद आफ्नो पुरानो आदतमा निरन्तरता दिन मन गरिरहन्छ । पछिल्लो समयलाई मात्र भारतीय विस्तारवादी शासकका गतिविधीलाई हेर्ने हो भने संविधान घोषणा , नाकाबन्दी, नयाँ नक्शा र अहिले बाटो निमार्ण जस्ता गतिविधी उसले खुल्लम खुल्ला गरिरहेकोछ । यस अघिको विगत हेर्ने हो भने त भारतीय विस्तारवादको नाङ्गो हस्तक्षेपका थुप्रै उदाहरण हाम्रा सामु छन् तर हाम्रा शासकहरु र सरकारमा बसेकाहरु यति हुतिहारा जस्ता देखिएकी उससँग उसले गरेका काला कर्तुतका बारेमा सामु परेर बोल्ने हिम्मत गर्न सक्दैन अनि उ सधै साढे जस्तो नभए के होस त ।
उसलाई भन्न सक्नु पर्छ हामी हाम्रो माटो प्रतिको भक्तिमा तिमी भन्दा कैयन गुणा नतमस्तकछौँ , तिमी आकारमा ठूला होलाउ तर तिमी हाम्रा मात्र असल छिमेकी हौ मालिक होइनौ । उसलाई भन्न सक्नु पर्छ , हामी कहिल्यै कसैको उपनिवेस बनेनौँ र अनन्त सम्म हामी स्वतन्त्र रहन्छौ हाम्रो असल छिमेकीका मित्रताको लचकतालाई कमजोरी नसंझन्छ किनकी हामी जन्मदै स्वतन्त्र थियौँ , हुन्छौँ र रहन्छौँ पनि ।तर, यो त हामी भुइँका नागरिको आवाज मात्र हो सरकारमा बसेकाहरुले हामीलाई सुनाउन यो भन्दा पनि अलिक कडा डाइलड भन्न सक्छन् तर पहिला उताकालाई मनाएर मात्रै । हामीलाई अहिले सम्म विस्तारवादीले गरेका पटके अतिक्रमण , हस्तक्षेप र उसका कुटिलता र हाम्रा सरकारले गरेका बिरोधका स्वरहरु यस्तै मात्र लाग्छन् ।
यहाँ राजनीतिकदलहरु बरु आफु भित्र आन्तरिक कलहको आगो लगाउँछन् अनि मिलाईदिनु प¥यो भन्दै पराई घर जाने परजिवि प्रवृतिले पनि भारतीय विस्तारवादी सोचको सरकारले हामीलाई हेप्ने हिम्मत गरिरहेको हो । राष्ट्रवाद मूल मन्त्रनै जपेर सरकारमा पुगेको नेपाल कम्युनिष्ट पार्टी ( ने क पा)ले पनि र यो सरकारले पनि गर्ने यहि र यतिनै मात्र हो कि बिज्ञप्ति जारी गर्ने, अलिक कडा शब्द बोलेर देशभक्तिको पक्षधर बन्ने र कुटनीतिक संवादबाट समस्याको हल खोज्ने भन्ने हो । किनकी अहिले सम्म यसै भनिदै आएको जगजाहेरनै छ । हेरौ यस पटक अरु के के थपिने हो कि ?



