स्वास्थ्य

फेरि त्रासमा भुल्के बस्ती

दुई सातायता भुल्के बस्तीको नतिजामा सुधार आउन थालेपछि स्थानीय प्रशासनले केही दिनभित्रै सिल गरिएको क्षेत्रलाई क्रमशः सहज गर्दै जाने रणनीति तय गरेको थियो।

स्थानीय र प्रदेश सरकारको समन्वयमा गरिएको स्वाब परीक्षणका सबै रिपोर्ट नेगेटिभ आएपछि बस्ती पनि सामान्य बन्दै गएको थियो।

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको घेरामा उकुसमुकुस जीवन बिताइरहेका सर्वसाधारण पछिल्लो नतिजामा खुसी हुँदै क्रमशः सहज हुनेमा आशा गरेका थिए।

तर, उनीहरूको त्यो खुसीमा पुनः एक पटक ‘ब्रेक’ लागेको छ। शनिबार एकाबिहानै विभिन्न सञ्चारमाध्यममा पुनः तीन जना महिलामा कोरोना भाइरस देखापरेको समाचार सार्वजनिक भएपछि स्थानीय तहमा आएको त्यो खुसी हराएको हो। त्रियुगा नगर प्रमुख बलदेव चौधरीले सामान्य बन्दै गएको गाउँमा पुनः त्रास फैलिएको बताए।  अन्नपूर्ण पोस्ट् दैनिकमा भरत खड्काले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button