मूल खबर

भारत विरुद्ध युवा तथा विद्यार्थीको प्रदर्शन

झापा/ सत्ता पक्षीय नेकपा निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू मेचीनगर कमिटीले बिहीबार(अाज) काँकरभिट्टामा भारत विरूद्व विरोध प्रदर्शन गरेका छन् ।

भारतीय विस्तारवादी नीति विरूद्व चर्का नारावाजी गर्दै सुरु भएको विरोध र्यालीमा सहभागी युवा तथा विद्यार्थीले प्रदर्शन गरेका अनेरास्ववियूका नगर अध्यक्ष सन्ताेष धमलाले बताए ।

उनका अनुसार काँकरभिट्टा बजारका विभिन्न भागको परिक्रमा गरेको र्याली स्थानीय लक्ष्मीनारायण मन्दिर परिसरमा काेण सभामा परिणत भएकाे थियो ।

सभालाई संक्षिप्त सम्बाेधन गर्दै संघका जिल्ला सह संयाेजक दुर्गा धमलाले लिपुलेक, कालापानीलगायत नेपाली भूमिमाथि गिद्वे दृष्टि नलगाउन भारतीय पक्षलाई चेतावनी दिए ।

त्यसक्रममा संघका जिल्ला सदस्य राजु धिमाल, नगर अध्यक्ष सराेज मेहेरा, वाइसीएलका पूर्व नगर अध्यक्ष विनाेद मण्डललगायत ३० जना युवा तथा विद्यार्थी नेता-कार्यकर्ताको सहभागिता रहेको बताइएको छ ।

राष्ट्रिय युवा संघले आफ्नो ३५ अाैं र अनेरास्ववियूले अाफ्नाे ५५ अाैं स्थापना दिवशकाे सन्दर्भ पारेर सीमा नाकामा सो कार्यक्रम गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button