
१५ जनाको पीसीआर रिपोट नेगेटिभ
मेचीनगर÷ मेचीनगर नगरपालिकामा आइतबार ५४ जनाको पोलिमिरेस चेन रियाक्सन (पीसीआर) परीक्षणका लागि स्वाब संकलन गरिएको छ। मेचीनगर नगरपालिका प्रेस संयोजक लक्ष्मी उप्रेतीका अनुसार चन्द्रशेखर यादवसहितको स्वास्थ्यकर्मीको टोलीले जनप्रतिनिधि, कर्मचारीसहित ५४ जनाको नमूना संकलन गरेको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाको संयोजनमा संकलन गरीएको नमूना परक्षिणलागि १ नम्बर प्रदेश प्रयोगशाला विराटनगर पठाईएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले बताए । शाखा संयोजक शशीकला राई , सहसंयोजक रामनारायण यादव, टीकाराम ढकाल, गोपाल बराल दीपक सपकोटालगायतको स्वास्थ्यकर्मीको टोलीले नगरपालिका परिसरमाबाटै नमूना संकलन गरेको थियो ।
यसैगरी मेचीनगरकोे विभिन्न क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राखिएका १५ जनाको पोलिमिरेस चेन रियाक्सन पीसीआर रिपोट नेगेटिभ आएको छ । मेचीनगरकोे विभिन्न क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राखिएका ३ सय १५ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा ६ महिलासहित १५ जनाको आरडीटी टेष्टमा पोजेटिभ आएको थियो । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट पोजेटिभ देखिएपछि सवैको पोलिमिरेस चेन रियाक्सन पीसीआरका लागि नमूना संकलन गरी परीक्षण गर्दा सवैको रिपोट नेगेटिभ आएको हो । काँकरभिट्टा माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा रहेका १ सय ४८ जना मध्ये ३ र आदर्श माध्यमिक विद्यालय आयावारी क्वारण्टिनमा रहेका १ सय ४५ जनामध्ये १२ गरी कुल १५ जनाको एन्डीबडी पोजेटिभ देखिएको थियो ।
अहिलेसम्म मेचीनगरमा नगरपालिकक्षेत्रमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण कहि कतै फेला नपरेको नगरपालिकाका प्रमुख विमल आचार्यले जानकारी दिनुभयो । नगरप्रमुख आचार्यले नगरपालिमा यसको नियन्त्रणका लागि शुरुदेखि नै उच्च सतर्कता अप्नाइएको सामाजिक दुरी कायम गरिएका कारण नगर सुरक्षित बनेको बताउनुभयो ।



