खेलकुद

रोनाल्डोको शीर्ष ५ मै क्रिस्टियानो परेनन्!

एजेन्सी – ब्राजिलियन फरवार्ड रोनाल्डो नाजारियोले आफूलाई मन पर्ने पाँच खेलाडीको नाममा लिओनेल मेस्सीलाई शीर्ष स्थानमा राख्दा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई भने समावेश नै गरेका छैनन् ।

विश्व फुटबलमा पछिल्लो एक दशकदेखि मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भन्ने चर्चा चलिरहेको छ । तर एक जमानामा आफैं सर्वोत्कृष्ट रहेका रोनाल्डोले मेस्सीलाई नै उत्कृष्ट मानेका छन् । उनले ६ पटकका ब्यालोन डी’ओर विजेता मेस्सीलाई शीर्ष स्थानमा राख्दा ५ पटकका विजेता क्रिस्टियानो रोनाल्डोलाई भने आफ्नो रोजाईको शीर्ष ५ मा नै अटाएनन् ।

शीर्ष ५ खेलाडी रोज्न एएसको अन्तर्वार्तामा रोनाल्डोले भने, ‘ अवश्य पनि मेस्सी नै नम्बर १ खेलाडी हुन् । उनीजस्तो प्रतिभा हेर्न हामीले २०-३० वर्ष प्रतीक्षा गर्नुपर्छ । मलाई त्यसपछि मोहमा सलाह, इडेन हाजार्ड, नेयमारको खेल मनपर्छ । र अहिले किलियन एम्बाप्पे पनि ।’

रोनाल्डोले एमबाप्पे र आफूबीच पछिल्लो समय दाँजेर गरिने चर्चालाई भने नकारे । ‘ मलाई धेरैले भने की एमबाप्पे मजस्तो खेल्छन् । खेल्ने शैली, तीव्र गति, फिनिस गर्ने तरिका र दुवै खुटाले प्रहार गर्ने क्षमता, यो सब मिल्छ भन्ने अरुको दावी छ,’ रोनाल्डोले भने, ‘ होला केहि समानता होला तर म दाँजेर हेर्न सक्दिन । हामी दुई फरक युगको खेलाडी हौँ र हामीले खेल्ने अवस्था पनि फरक छ ।‘hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button