मूल खबरविचार

धेर भएर होइन, मन भएर पो हुन्छ त !


जी एन शर्मा
मेचीनगर । मानिससँग धेर भएर मात्र हुदैन कसैलाई सहयोग र कसैको उपकार गर्नु छ भने मननै ठूलो हो । धेर हुने धेरैनै छन् तर मन भित्र पनि मन हुने कमनै हुन्छन् अक्सर उनीहरु मन बुझ्ने गर्छन् । कोरोना महामारीको यो समय यात्रामा मनकारी र मन हुनेहरुको मनलाई हौसला दिन यदि हामीले धेर भएर वा सस्तो लोकपृयताका लागि हो भनेर मात्र बुझ्ने हो भने शायदै हाम्रो मन पनि दिन पनि नजान्ने र दिएको पनि नमान्ने हुन्छ होला ।
कोरोना कहरले दुनियाँलाई थला पारिरहेको यो अवस्थामा मन हुनेहरुले मन र मुठ्ठी खोलेको देख्न पाईन्छ भने धनमात्र भएकाहरुले भएको बाहिरी मन पनि कसेको हेर्न सकिन्छ । यो भावुक र संवेदनशिल समयमा मानवीय अवस्थाको गाम्भिर्यतालाई मनले बुझ्न सक्छ अनि मन बुझ्नलाई धन चाहिदैन मननै चाहिन्छ । मानवीय सेवा भावका साथ कसैले गरेको कुनै पनि प्रकारको सेवालाई हामीले पुण्यकर्मको रुपमा मनन गर्न सक्यौँ भने समाजभित्र रहेका मनकारीहरु माथि न्याय हुन सक्छ । जसले उपकार वा परोपकार गर्छ शास्त्रले पनि भन्ने गरेको छ कि तिम्रो देब्रे हातले गरेको दान दाहिने हातले समेत थाहा नपाओस । पूर्वी नेपालको सीमा नाकामा बन्दाबन्दीका कारण अलपत्र परेका सयौँ नेपाली र भारतीय नागरिकहरुलाई यहाँका सामाजिक संघ संस्थाहरुले गरेको मानवीय सेवा आफैमा तारिफ र प्रशंसायोग्य कर्म हो । यो समयमा यसले मानवीय मुल्य र मान्यता प्रतिदिन खस्कदो रहेको वर्तमानमा करुणा र दयाको भावलाई उजागर र प्रकट गरेको छ भने नेपालको पूर्वी सीमा नाका काँकरभिट्टामा रहेका संघ , संस्था र समूहले गरेको पुण्यकर्मको सन्देश देश भित्र र बाहिर सम्म पु¥याएको छ ।
बन्दाबन्दीका कारण अलपत्र परेका सयौँ भारतीय नागरिकलाई यहाँका सामाजिक अगुवाले अहिले जसरी मानवीय सेवा भावका साथ सहयोग गरिरहेकाछन् यो कर्मलाई न कसैले नजरअन्दाज गर्न मिल्छ या यसका बारेमा कुनै बहस र छलफलनै । गर्नेको धन भएर हुदैन फेरि पनि मननै अघि सर्नु पर्छ , मनले मानव मनलाई नियाल्न सक्नु पर्छ र कोरोना कहरमा उसको पीडालाई महशुष गर्नु पर्छ । कोरोनाको महामारीले आजको विश्व लकडाउन र एक प्रकारको अलमलमानै रहेको बेला यो समय एकले अर्कालाई मात्र मानव नातामा बुझ्ने र मनसँगै मुठ्ठी खोल्ने बेला हो । आज पूर्वी नाकाका मनहुनेहरले अलपत्र परेका मान्छेका लागि जे जस्तो सकेको सहयोग गरिरहेकाछन् त्यो आफैमा पावन कर्म हो र यसलाई महामारीको यो बिपत्तिको बेलामा मात्र होइन अरुबेला पनि निरन्तर कायम राख्न सकियो भने हामीबाट आधुनिकताका नाममा सुस्तरी खस्कदै गएको मानवीय मूल्य,मान्यता, नाता फेरि एकपटक टुसाउन आरम्भ गर्ने छ । यो संवेदनशिल घडीमा पूर्वी सीमा नाका काँकरभिट्टा नेपाल र भारतको सीमावर्ती बजारका नामले मात्र होइन मनकारी मान्छेहरुको दया र करुणाको मनको शहरले पनि भोलीका दिनमा सुखद सन्देशको सुनामले पक्कै पनि चिनिन्छ । तर, चाहिएको छ अहिले हामीसँग मन बुझने र मानवता चिन्ने मन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button