
कविता
एस पी लुईटेल
ओ धृतराष्ट्र,
आँखामा पट्टी बाँध्ने राणी सहित
विवेक पनि अन्धो बनाएर
बारबार टाउकामा सत्ताको मुकुट छामेर
म छु, मै छु र केवल मै छु भन्ने
तर, नाकै अगाडिको घटनाघटन नदेख्ने
तिम्रो विलासी राज्यमा
हेर त११
म भोकै छु, ऊ नाङ्गै छ,
यो सुत्केरी छे, त्यो रुग्ण छ
अनि सबका सब मलिन छन
यसकारण कि,
राज्यभरि पर्लय र महामारीको
आक्रमण माथि
तिम्रो स्व(कल्याणकारी राजमा
अन्धोपनको फाइदा लुट्ने
तिम्रै सपूत दुसासनहरु
तिम्रै सालो वर्गका शकुनिहरु
यतिखेर
मरणासन्न जनतामाथि घरि जातको
घरिघरि जातकै दलनको चक्रास्त्र बोकेर
दादागिरी देखाउँदै
हुलहुज्जत गर्दै
आक्रमण गर्दै र
हत्या गर्दै
विन्दास विचरण गरिरहेछन् ।
ओ धृतराष्ट्र,
राजगद्दीको चारदुवार खोलेर
बाहिर हेर त,
रोग र भोकसँग आफैं जुधिरहेका
जनताले
तिम्रा विभेदी अस्त्र र
चाटुकारिक षड्यन्त्रका गुदी केलाउँदै
खास बाटो पहिल्याउन थालिसके
अब, ओ धृतराष्ट्र
सालारुपी शकुनिहरुको आडमा
सपुतरुपी दुसासनहरुको दुस्साहसमा
बारम्बार देश र जनता ठग्ने
छलछामका द्युतखेल र
भ्रष्टाचारका पासाखेलमा
निर्लिप्त लागिपरेको
तिम्रो प्यारो,
अन्ध(शासन टिक्ला कि नटिक्ला


