स्वास्थ्य

पकवान शास्त्र कला कि बिज्ञान ?


आरबि बुढाथोकी
खाना पकाउनु एक महान कला र बिज्ञानको मिश्रण हो । जब तपाईंले खाना पकाउदा चाहिने सामाग्रीको संकलन गर्न थाल्नु हुन्छ अनी बिज्ञानले काम गर्न थाल्दछ जुन मिश्रणले तपाईंको चाहनाको थालिमा अचम्मका स्वादहरु थपिदिन्छ त्यती मात्र होइना तपाईंले पस्कने शैलीमा देखाउनु भएको अदभुत सजावटले तपाईंको महान कलाकारीता उजागर गरिदिन्छ । हामीले अर्को शब्द्दमा भन्दा कुकिङग कला एक रसायनिक समीकरण हो तपाईंले सामाग्री मिसाएर ताप संलग्नन गराउनु भयो भने तपाईंले यसबाट रासायनिक प्रतिक्रिया पाउनु हुनेछ जुन नै बिज्ञानले गरेको पूर्ण काम हो । खानामा पाइने स्वाद,गन्ध९अरोमा०,इन्द्रियमा हुने गुदगुदी९आइ अपिल०,चिसो या तातो,जिब्रोले दिएको प्रतिकृया र प्रविधीको साथ व्यावसायिक रुपमा तयार गरिने बिबिध भिन्न भिन्न ब्यन्जन नै आजको सबैको रोजाइ हुन पुगेको छ ।

संसारभर खाना प्राय एकै भएता पनि पकाउने बिधी र प्रयोग गरिने मरमसलाका कारण स्वाद फरक फरक हुन्छ र त हामी यो इन्डियन खाना यो चाइनिज खाना र यो युरोपियन खाना भनेर चिन्छौ । संसारभर प्राय सबै देशका खानाको आफ्नै मौलिक स्वाद र मरमसला हाल्ने परमपरा हुन्छ। खाना पकाउने बिधी,शैली र समय पनि प्राय सबै देशको फरक फरक हुन्छ। मानौ हाम्रै देशको सातै प्रदेशमा आआफ्नो मौलिक खाना भएता पनि कुनै कुनै खानामा समानता पनि हुन्छ तर आ आफ्नो मौलिक स्वाद भने फरक फरक नै हुन्छ।
यदी तपाईंलाई कुनै देश,समुदाय या समाजको मौलिक खाना खान मन लाग्यो भने तपाईंले उनिहरुले प्रयोग गर्ने मरमसला,पकाउने बिधी र पकाउन लाग्ने समय पत्ता लगाउनु पर्यो तपाईंले सजिलै घरमा बसी बसी बिस्वभरको खाना तयार गरेर नयाँ नयाँ स्वाद चाख्न सक्नु हुन्छ। तसर्थ हामीले यहाँ बिस्वभर चलेको पकवान बिधी मध्ये केही जानकारी गर्ने चेस्टा गरेका छौ ।तपाईंले खाना पकाउने आधारभुत सिप सिक्नु भयो भने सहज रुपमा एक चिजबाट धेरै स्वादमा ढाल्न सक्नु हुन्छ र कयौ परीकार बनाउन सक्नु हुन्छ ।
के के छन त खाना पकाउने प्रमुख बिधी ?

मुख्य त संसारभर ३ किसिमको खाना पकाउने बिधी प्रसिद्द र व्याबहारिक मानिएको छ जसमा ड्राइ हिट बिधी,फ्याट हिट बिधी र मोवस्ट बिधी पर्दछन ।
ड्राइ हिट बिधी अनुसार सुख्खा अधिकतम र न्युनतम तापमा राखेर पकाउने मेथड मानिन्छ जसमा ७ बिधी निकै प्रचलित छन जसमा बेकिङग,ब्रोइलिङ र स्मोकिङग,ग्रिल्लिङग,रोस्टिङग,सेरिङ्ग,सतेइङग प्रसिद्द ड्राइ कुकिङ बिधी हुन ।

जुन बिधी प्रयोग गरेर हामीले भेज या नन भेज सयौ खानाका ब्यन्जन तयार गर्न सक्छौ। बेकिङग भन्नाले ओभनको तल र माथि दुबै साइडबाट बराबर ताप दिएर पकाउने बिधी हो जुन बेकरी किचन र पिज्जा किचनमा निकै प्रसिद्द र सहयोगी साबित छ। ब्रोलिङग बिधी अनुसार यो ग्रिल नै जस्तो हो तर ताप माथिबाट आउने हुँदा अली फरक मात्र लाग्छ जुन बिभिन्न इटालियन पास्ता,म्याक एन्ड चिज,लजानियाको चीज गोल्डन र क्रिस्पी बनाउन प्रयोग गरिन्छ। स्मोकिङग बिधी अनुसार पकाइसकेको कुनै पनि भेज या ननभेज खानालाई भिन्न भिन्न स्वादमा ढाल्न इन्ह्यान्स दिएर पकाउने तरिका हो जुन युरोपियन मुलुकमा निकै प्रख्यात मानिन्छ। स्मोक चिकन,स्मोक साल्मन,स्मोक फिस या स्मोक भेज निकै प्रचलित ब्यन्जन हुन जुन ब्यबसायिक रुपका भट्टीमा तयार गरिन्छ। जस्तो नर्बेको स्मोक साल्मन संसारभर प्रसिद्द छ र जसका कारण नर्बेले बिस्वलाई नै स्मोक साल्मन फिस निर्यात गरेको हुन्छ ।
सेरिङ्ग बिधी अनुसार पनि मासु या माछालाई छिटो पकाउने हेतुले कुनै स्किलेट हालेर बेसरी तातेको ओभन या बोइलरमा हालेर तुरुन्त पकाइन्छ जुन बिधिमा कम भन्दा कम तेल प्रयोग गरिन्छ ।

फ्याट हिट बिधी अनुसार पनि तीन किसिमले खाना पकाउने प्रचलन छन जसमा ग्रिलिङग,रोस्टिङ र फ्राइङग प्रमुख छन ।
ग्रिल्ल संसारमा सबै भन्दा बढी मन पराइएको यो पकवान बिधी प्राय पहिले पहिला युरोपियन देशहरुमा प्रख्यात थियो तर आधुनिक युगमा यो संसारभर छाएको छ। हरेक देशले यो बिधी अपनाएर खाना पकाउन थालीसकेका छन किन कि यो बिधिमा पाकाएको खाना स्वादिस्ट र स्वास्थ्य बर्दक मानिन्छ। ग्रिल्ल भन्नाले सामान्य तया आगो,ग्यास या बिजुलीबाट बाक्लो खालको तावा वा ग्रिलर प्रयोग गरेर तल्लो साइडबाट मात्र ताप दिएर पकाइन्छ जसमा एक दम कम चिल्लो पदार्थ प्रयोग गरिन्छ । हाल आएर माथिबाट मात्र ताप दिएर पकाउने खालको ग्रिलर पनि प्रयोग गर्न थालिएको छ जसलाई सालामान्डर कुकिङग भनिन्छ जुनमा माथिबाट मात्र ताप दिएको हुन्छ जस्तो कि कुनै पास्तालाई ग्रेटिनेट गर्नु पर्यो भने या गार्लिक ब्रेड सेकाउन पर्यो भने यस्तो खालको ग्रिलर प्रयोग गरिएको देखिन्छ। यस्तो खालको ग्रिलर ब्याबसायिक होटल या रेस्टुरेन्टहरुमा अहिले अनिबार्य भएको छ। ग्रिलरका अन्य उपकारणहरुमा चार ग्रिल्ल,तन्दुर ग्रिल,सेकुवा ग्रिल्ल,तावा ग्रिल,बार्बीक्यु ग्रिल्ल,प्यान ग्रिल, स्किलेट ग्रिल्ल, फ्ल्याट ग्रिल्ल,तेपनाकी ग्रिल्ल जस्ता प्रख्यात छन । जसमा भेज या नन भेज जुन सुकै ब्यन्जन पनि सहज रुपमा तयार गर्न सकिन्छ ।

रोस्ट बिधिमा पनि पट रोस्ट,ओभन रोस्ट,क्ले पट रोस्ट र तावा या ग्रिल्ल रोस्ट गरी चार किसिममा बिभाजन गरिएको छ । ओभन रोस्ट अनुसार कुनै पनि भेज या ननभेज काँचो खानालाई मेरिनेसन गरेर ओभनमा रोस्ट गरिन्छ जसमा न्युनतम चिल्लो पदार्थ प्रयोग गरिएको हुन्छ। जस्तो चिकन रोस्ट,डक रोस्ट,टर्की रोस्ट,भेजिटेबल रोस्ट आदी पर्दछन्।

पट रोस्ट भन्नाले बिभिन्न स्टक या सुप बनाउदा बाक्लो भाडोमा कम तेल हालेर भुटेर रोस्ट गर्ने तरिका हो जसमा बिभिन्न फ्लेबर दिने मारेप्वा मिसाएको हुन्छ। क्ले पट रोस्ट भन्नाले माटोको भट्टीमा राखेर रोस्ट गर्ने बिधी हो जुन भारतीय सस्कारमा निकै प्रचलित छ।

तावा रोस्ट भन्नाले बाक्लो खालको तावामा थोरै तेल हालेर भुटेर दिने प्रकृया हो जुन हिजो आज निकै प्रचलित छ । चितवनको तास होस या लाईभ तन्दुरी तावा होस यि सबै तावा रोस्ट बिधीबाट पकाउने खाना हुन ।
फ्राइङग बिधी अनुसार पनि यस्लाई चार किसिममा बिभाजन गरिएको छ जसमा डिप फ्राइ,स्यलो फ्राइ,प्यान फ्राइ र स्टियर फ्राइ छन ।
डिप फ्राइङग बिधिमा कुनै पनि ठोस बस्तुलाई १८० देखी २०० डिग्रीको तातेको तेलमा डुबाएर पकाउने बिधी हो। यो बिधी पनि संसारभरका देशमा प्रचलित छ र यस बिधी अनुसार खाना पकाउदा क्यलोरो धेरै पाइने हुँदा बिस्तारै तारेका चिजहरु कम गर्न थालिएको छ । फिस एन्ड चिप्स,पकोडा,तेम्पुरा,पुरी,भटोरे, कटलेट आदी यो बिधी अपनाएर बनाएका खानाका केही उधारण हुन।
जस्तो को पूर्ण रुपमा दुबाएर,इमर्स इन फ्याट पकाउने बिधिलाई डिप फ्राइ भने जस्तै आम्सिक,पार्सल्ल इमर्स इन फ्याट मात्र तेलमा दुबाएर फ्राइ गर्ने बिधीलाई स्यलो फ्राइ भनेर चिनिन्छ । जस्तो कि स्यालो फ्राइ चिकन,स्यालो फ्राइ फजिता,स्यालो फ्राइ मिक्स भेज यो समुहमा पर्ने केही खानाका उधारण हुन।
प्यान फ्राइङग बिधी अनुसार प्यान या ताप्केमा केही हिस्सा तेल हालिन्छ र तातेपछी कुनै ठोस बस्तुलाई एक चौथाइ डुब्ने गरी पकाइन्छ र एक साइड पाके पछी पुन फर्काएर पकाइन्छ । फिस केक,क्रयाब केक,आलु टिक्की,पनिर टिक्की आदी यो समुहमा पर्ने खानाहरु हुन।
सते या स्टिएर फ्राइ यो बिधी उस्तै उस्तै लागेता पनि केही भिन्नता पाईन्छ जस्तो कि सते युरोप तिर भेटिन्छ भने स्टिएर फ्राइ चिन,कोरिया या जापान तिर बढी प्रयोग गरिन्छ। सतेका लागि बटर या जैतुनको तेल प्रयोग गरिन्छ भने स्टिएर फ्राइमा नर्मल तेल प्रयोग गरेको पाईन्छ। स्टियर फ्राइका लागि हाइ हिटमा तताएको ओकमा सुख्खा गरी पकाइन्छ भने सते बिधी प्यान प्रयोग गरेर नर्मल हिटमा टस मात्र गरिन्छ। सते लाई ड्राइ हिट कुकिङग मेथडमा राखिएको छ भने स्टिएर फ्राइलाई फ्याट हिट मेथडमा राखिएको छ।

मएस्ट,ओसिलोरछिपछिपे, पकावन बिधीलाई पनि सात भागमा बिभाजन गरिएको छ । जुन बिधीहरु निकै सजिलो र हेल्दी पनि मानिएको छ। यो बिधी अपनाएर हस्पिटल,क्यन्टिन,क्याप,कर्पोरेट अफिस,क्याटरिङ्ग तथा इएर लाइनहरुमा बढी खाना पकाएको देखिन्छ।
मएस्ट बिधी अनुसार पनि बिभिन्न माध्याम प्रयोग गरेर खाना तयार गरिन्छ जसमा बोएलिङग (उसिनेर,स्टिमिङग,बफ्याएर,,बाल्चिङग,हल्का उमालेको,,स्टुइङग,ठोस र तरल मिलाएर न्युनतम तापक्रममा पकाउने०,सिमरिङ्ग ९कम आचमा पकाउने०,ब्राइज९ठोस र कम तरल मिसाएर भुटेर पकाउने,ब्रोइलिङग,ग्रील गरेर सिमरिङ्ग गरी पकाउने,,पोच,७० देखी ८० डिग्री सेन्टिग्रेड भित्रको तापक्रममा तरल पदार्थमा राखेर पकाउने,,स्काल्डिङग,उम्ली रहेको पानीको माथि सिधै कुनै भाडो राखेर पकाउने०आदी प्रसिद्द कुकिङ मेथड छन्।

माथि उल्लेखित बिधी अपनाएर तपाईंले कुनै पनि खानालाई हजारौं भेराइटीबाट पस्कन सक्नु हुन्छ। यो बिधी पाक शिक्षाको एक अभिन्न सुत्र हो जसले तपाईंलाई पूर्ण रुपमा खाना पकाउने कला र बिज्ञान सिकाउन सघाउ पुर्याउछ। यि पकवानका बिबिध बिधी र तपाईंले पस्कने तरिकाबाट प्रस्ट हुन्छ कि पकवान शास्त्र एक बिज्ञान र कला दुबैको मिश्रण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button