मूल खबर

नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९१२ पुग्यो

ललितपुर।जेष्ठ २३

नेपालमा थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये २६७ जना पुरुष रहेका छन् भने ११ जना महिला रहेका छन् । यससँगै, संक्रमितको संख्या २ हजार ९१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएकाछन् ।

देबकोटाका अनुसार अहिले सम्म १ लाख ६६ हजार ४६५ जना देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा छन् भने २ हजार ५६८ जना उपचाररत छन् ।

यस्तै ३ सय ३३ जना उपचारपछि घर फर्किएका छन् । जसमा २७२ जना पुरुष रहेका छन् भने ६१ जना महिला छन् ।

कोरोना संक्रमणका कारण सुर्खेत पंचपुरीका २८ बर्षिय युवकको मृत्यु भएसँगै मृतकको संख्या ११ पुगेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button