खबर

फ्रान्सेली सैन्य कारबाहीमा अल कायदाको मालीका प्रमुख मारिए

एजेन्सी
पेरिस । फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले आतंककारी संगठन अल कायदाको मालीका प्रमुखको फ्रान्सेली सैनिकको कारबाहीमा परी मृत्यु भएको जानकारी दिएकाछन् ।

रक्षामन्त्री पार्लीले फ्रान्सेली सैनिकको कारबाहीमा परी अल कायदाको मालीका प्रमुख अब्लेलमार्क ड्रकदेलको ज्यान गएको शनिबार जानकारी दिएकाहुन् ।

शुक्रबार आफ्नो ट्वीटर पेजमा उनले सो जनाएको समाचार एजेन्सीहरुले जनाएकाछन् । मालीमा एक्युएमआई नामक आतंककारी संगठन चलाएको र सो संगठन अलकायदासँग आबद्ध रहेको रक्षामन्त्री पार्लीले जानकारी गराएकाहुन् ।

मालीमा सो संगठनले सन् २०१२ देखि नै आतंक मच्चाइ आएको छ । त्यस वर्ष मालीको उत्तरी भूभाग सो संगठनले कब्जा गरेको थियो । पछि उक्त भूभाग फ्रान्सेली सेनाले फिर्ता ल्याएको थियो ।

उक्त आतंककारी संगठनले सन् २००७ देखि उत्तरी अफ्रिका र साहेलमा पनि सशस्त्र लडाकूहरुमार्फत हिंसात्मक आक्रमण गरी आतंक मच्चाउने गरेको पनि बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button