मूल खबर

नेपालमा कोरोना ससंक्रमितको संख्या ३२ सय नाघ्यो

ललितपुर ।जेष्ठ २४

नेपालमा कोरोना संक्रमितको संख्या ३२ सय नाघेको छ । आज थप ३ सय २३ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३२ सय ३५ जना पुगेका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार आज मात्र ३ सय २३ जना संक्रमित थपिएको देवकोटाले जानकारी दिएकाछन् ।

आज (शनिबार)थप ३२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ।

यसैबीच कोरोनाभाइरसबाट थप एक जनाको मृत्यु भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ निवासी ५८ वर्षीय पुरुषको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको नियमित प्रेस ब्रिफिङमा देवकोटाले औपचारिक पुष्टि गरेकाछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button