जेठ २७, मंगलबार
ललितपुर ।
नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमितमध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेका छन् । अहिले सम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएकाछन् ।यससँगै, नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।



